२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा बेपत्ता भई जेलमा भेटिएका तामाङ्ग नेपाल फिर्ता, श्रीमती र छोरी भने इन्डोनेसियामा (भिडियो)

१८ माघ २०७६, शनिबार ०७:०१

माघ १८, काठमाडौँ । २०६४ सालमा मलेसिया गएका उदयपुरका सोम कुमार तामाङ बिहिबार नेपाल फिर्ता भएका छन् । गत मङ्सिरमा सोमकुमार मलेसियाको जेलमा रहेको कुरा मलेसिया भ्रमणको क्रममा रहेका बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिएपछि संचार माध्यमहरु मार्फत उनको परिवारको खोजि भएको थियो । 

उदयपुर जिल्ला, साविक मयखु वडा नं ३ (हाल कटारी न.पा. वडा नं १३, बरबास) निवासी धनबहादुर तामाङ्गका छोरा हुन् सोम कुमार तामाङ । २०६४ सालमा बैदेशिक रोजगारीको क्रममा मलेसिया गएका उनि उतै बेपत्ता भएका थिए । 

मलेसिया गएको डेढ बर्षसम्म आफ्नो परिवारसंग नियमित सम्पर्कमा रहेका तथा पैसा पठाएका तामाङलाई कम्पनीले तोके जति तलब नदिएपछि अबैधानिक बनेको बताएका छन् । अबैधानिक बसेपछि मोबाइल हराएको र आफ्नो परिवारसंग सम्पर्क टुटेको उनले बताएका छन् । कम्पनी छाडेको केहि समय उनले मलेसियामै अर्को कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गरे सोहि क्रममा एक इन्डोनेसियाकि युवतीसंग प्रेममा परेपछि बिबाह समेत गरेका थिए । बिवाहपछि उनीहरुको छोरी जन्मिएको तर एक दिन ड्युटीबाट आए लगत्तै मलेसिया इमिग्रेसनले पक्राउ गरि जेल हालेको उनले बताएका छन् । इमिग्रेसनले तामाङको श्रीमती र छोरीलाई समेत इन्डोनेसिया पठाएको तामाङले बताएका छन् । 

मलेसियाको जेलमा रहेका तामाङलाई बैदेशिक रोजगार बिभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले भेटेपछि उद्दार सम्भव भएको भन्दै उनका भाई राजकुमार तामाङले डा. भुषाललाई धन्यवाद दिए । बिहिबार नेपाल फर्किएका तामाङलाई लिन उनका भाई एयरपोर्ट पुगेका थिए । उनले भने 'दाईलाई फोटोको आधारमा चिने । अरु सबै लगेज र पासपोर्ट बोकेर एयरपोर्टबाट बाहिरिदै गर्दा एउटा मान्छे खाली हात एउटा कागजात बोकेर बाहिरिदै गरेको देखें, अनि फोटो हेरेर आफ्नै दाई हो भन्ने चिनें ।' उनका भाईले बताए  ।

बिहिबार नेपाल फर्किएका तामाङसँग साझा सबाल मिडियाले कुराकानी गरेको भिडियो तल हेर्न सक्नुहुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य