२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा बेपत्ता भई जेलमा भेटिएका तामाङ्ग नेपाल फिर्ता, श्रीमती र छोरी भने इन्डोनेसियामा (भिडियो)

२०७६, १८ माघ शनिबार ०७:०१

माघ १८, काठमाडौँ । २०६४ सालमा मलेसिया गएका उदयपुरका सोम कुमार तामाङ बिहिबार नेपाल फिर्ता भएका छन् । गत मङ्सिरमा सोमकुमार मलेसियाको जेलमा रहेको कुरा मलेसिया भ्रमणको क्रममा रहेका बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिएपछि संचार माध्यमहरु मार्फत उनको परिवारको खोजि भएको थियो । 

उदयपुर जिल्ला, साविक मयखु वडा नं ३ (हाल कटारी न.पा. वडा नं १३, बरबास) निवासी धनबहादुर तामाङ्गका छोरा हुन् सोम कुमार तामाङ । २०६४ सालमा बैदेशिक रोजगारीको क्रममा मलेसिया गएका उनि उतै बेपत्ता भएका थिए । 

मलेसिया गएको डेढ बर्षसम्म आफ्नो परिवारसंग नियमित सम्पर्कमा रहेका तथा पैसा पठाएका तामाङलाई कम्पनीले तोके जति तलब नदिएपछि अबैधानिक बनेको बताएका छन् । अबैधानिक बसेपछि मोबाइल हराएको र आफ्नो परिवारसंग सम्पर्क टुटेको उनले बताएका छन् । कम्पनी छाडेको केहि समय उनले मलेसियामै अर्को कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गरे सोहि क्रममा एक इन्डोनेसियाकि युवतीसंग प्रेममा परेपछि बिबाह समेत गरेका थिए । बिवाहपछि उनीहरुको छोरी जन्मिएको तर एक दिन ड्युटीबाट आए लगत्तै मलेसिया इमिग्रेसनले पक्राउ गरि जेल हालेको उनले बताएका छन् । इमिग्रेसनले तामाङको श्रीमती र छोरीलाई समेत इन्डोनेसिया पठाएको तामाङले बताएका छन् । 

मलेसियाको जेलमा रहेका तामाङलाई बैदेशिक रोजगार बिभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले भेटेपछि उद्दार सम्भव भएको भन्दै उनका भाई राजकुमार तामाङले डा. भुषाललाई धन्यवाद दिए । बिहिबार नेपाल फर्किएका तामाङलाई लिन उनका भाई एयरपोर्ट पुगेका थिए । उनले भने 'दाईलाई फोटोको आधारमा चिने । अरु सबै लगेज र पासपोर्ट बोकेर एयरपोर्टबाट बाहिरिदै गर्दा एउटा मान्छे खाली हात एउटा कागजात बोकेर बाहिरिदै गरेको देखें, अनि फोटो हेरेर आफ्नै दाई हो भन्ने चिनें ।' उनका भाईले बताए  ।

बिहिबार नेपाल फर्किएका तामाङसँग साझा सबाल मिडियाले कुराकानी गरेको भिडियो तल हेर्न सक्नुहुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत