२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम काउन्सेलर र श्रम सहचारीसंग म्यानपावर व्यवसायीको छलफल, सहकार्य गर्नुपर्नेमा जोड

१९ माघ २०७६, आईतवार १५:१४

माघ १९, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नवनियुक्त भएका श्रम सहचारी तथा काउन्सेलरसंग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताएको छ । सरकारले खाडिका ४ देशका लागि नियुक्त गरेका श्रम सहचारी तथा काउन्सेलरसंगको 'परिचयात्मक एवं शुभकामना' कार्यक्रममा संघले उक्त मुलुकमा रहेका नेपाली श्रमिकका साथै म्यानपावर व्यवसायीहरुले भोग्नुपरेका समस्या समाधानका लागि सहकार्य गरेर अगाडी बढ्न चाहेको बताएको हो ।

news-details

सरकारले केहि दिन अगाडी साउदी अरबको श्रम काउन्सेलरमा उपसचिव जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई नियुक्त गरेको थियो । त्यस्तै बहराइनका लागि श्रम सहचारीमा शाखा अधिकृत दामोदर दाहाल र कतारका लागि अनुज गौतमलाई नियुक्त गरेको थियो । चारै जना परराष्ट्र मन्त्रालय हाजिर भएर आ- आफ्नो कार्यक्षेत्र जानुपुर्व संघले उनीहरुको कार्यकालको सफलताको शुभकामना दिदै सहकार्यका लागि तयार रहेको बताएको हो । श्रमिक र व्यवसायीका अधिकतम समस्या दुतावासमा श्रम सहचारी तथा काउन्सेलरले हेर्नुपर्ने भन्दै उनीहरुले सहज तरिकाले काम गर्नुपर्नेमा व्यवसायीले जोड दिए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विष्णुप्रसाद गैरेले वैदेशिक रोजगार व्यवसायीले नवनियुक्त श्रम सहचारी तथा काउन्सेलरहरुलाई कार्यकाल सफलताको शुभकामना दिदै व्यवसायीहरु निरन्तर सम्पर्कमा रहने भन्दै सहकार्य गरेर अघि बढन सुझाव दिए ।  विदेशमा नेपाली श्रमिक कुनै पनि समस्यामा पर्न हुदैन भन्नेमा व्यवसायीहरु प्रतिवद्ध रहेको धारणा राख्दै गैह्रेले व्यवसायी माथि परेका मर्काबारे पनि कर्मचारीले सोच्नुपर्ने धारणा राखे । 


कार्यक्रममा संघका पुर्व अध्यक्षहरु बलबहादुर तामाङ्ग, विमल ढकाल,  प्रेम बहादुर कटुवाल लगायतले साउदी एम्बेसी मार्फत काम गर्दा व्यवसायीले झन्झट खेप्नुपरेको भन्दै श्रम काउन्सेलर राइको ध्यानाकर्षण गरेका थिए । सरकारले तोकेको न्युनतम तलब, सेवा सुविधामा फरक, डिमाण्ड प्रमाणीकरणमा समस्या जस्ता कारणले व्यवसायीले हैरानु खेप्नुपरेको भन्दै आगामी दिनमा त्यस्ता समस्या सुधारका लागि पहल गर्न राईको ध्यानाकर्षण गरे । साउदी अरबका लागि श्रम काउन्सेलरमा नियुक्त जीवन कुमार राईले व्यवसायी तथा सरोकारवाला निकायसँग समन्वय गर्दै आफुहरुले जिम्मेवारी निर्वाह गर्ने धारणा राखेका थिए । उनले व्यवसायीका समस्या आफुले सुझावका रुपमा लिएको भन्दै त्यसलाई सुधार गर्न पहल गर्ने बताए । 

त्यस्तै युएईका लागि श्रम काउन्सेलरमा नियुक्त निर्मला थापाले सरकारी नीति नियम भित्र रहेर आफुहरु समस्या समाधानका लागि सहज वातावरण बनाउन लागिपर्ने बताईन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य