२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस निकट म्यानपावर व्यवसायीलाई चुनावी रन्को, को को छन् अध्यक्षका दावेदार ?

२० माघ २०७६, सोमबार १२:३६

मनोज पराजुली । माघ २०, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले नयाँ नेतृत्वको लागि व्यवसायीहरु विच तीव्र प्रतिष्पर्धा हुने भएको छ । फोरमले आगामी शुक्रबार अर्थात माघ २४ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने योजना सहित साधारणसभा हुँदैछ ।

साधारण सभामा भाग लिने आधिकारीक प्रतिनिधि सहित आफनो संस्थाको नवीकरण गर्नेको संख्या ३ सय नजिक रहेको छ । करिब ३ सय व्यवसायीबाट एक जना अध्यक्षको लागि फोरममा ४ जना व्यवसायीले आफ्नो दावी कायम राख्दै चुनावी माहोल तताएका छन् । अध्यक्ष पद सहित कार्यसमितिमा सहमतिको प्रयास भएपनि हालसम्म सार्थक नतिजा निस्कन सकेको छैन ।

फोरमको वर्तमान कार्यसमितिको समयावधि आगामी भदौसम्म रहेको भएपनि नेतृत्व पंक्तिका व्यवसायी नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचित भएपछि निर्वाचन गराई नयाँ नेतृत्व छान्ने प्रक्रिया शुरु भएको हो । 

फोरमका तत्कालीन अध्यक्ष हंशराज वाग्लेलाई अपदस्थ गरिएपछि उक्त पद रिक्त रहँदै आएको छ । त्यसअघि नै सचिवको पद पनि रिक्त थियो । कार्यवाहक अध्यक्ष सुजित श्रेष्ठ सहित ५ जना व्यवसायी नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिमा निर्वाचित भइसकेका छन् । 

नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको हैसियतमा रहेको फोरमको निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । २०६३ सालमा स्थापना भएको फोरमका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट पछि क्रमशः यम बहादुर केसी, किरणकिशोर घिमिरे, बिमल ढकाल, प्रज्ञान न्यौपाने र विष्णुप्रसाद गैरे सबै कार्यसमिति निर्विरोध रुपमा निवाचित भएका थिए । सहमति हुन नसकेपछि अघिल्लो पटक नेतृत्व निर्वाचनको माध्यमबाट चयन भएको हो ।

फोरमको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु सहित २१ सदस्यीय रहने भएपनि कार्यसमितिमा १७ जनाको निर्वाचन भएको हो भने ४ जना कार्यसमिति सदस्यको निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचनको मिति नजिकिएसंगै फोरममा नेतृत्वका आकांक्षीहरु सक्रिय भएका हुन् ।


एक पटक महिला नेतृत्व : सिता देवकोटा

अध्यक्षकी आकांक्षी रहेको सिता देवकोटाले फोरम संस्थापक उपाध्यक्ष हुँदै हालसम्म महिला व्यवसायी अध्यक्ष नभएकोले यस पटक महिलाले पालो पाउनुपर्ने बताइन् ।  वैदेशिक रोजगार बोर्डमा व्यवसायीको तर्फबाट प्रतिनिधि भई ६ बर्षसम्म काम गरेकी देवकोटा २०६२ सालदेखि नै यस क्षेत्रमा क्रियाशील छिन्  | व्यवसाय सुरक्षित नभई कामदार सुरक्षित नहुने भन्दै उनी व्यवसायीलाई परेका अप्ठ्यारा सरकारबाट सम्बोधन गराउनको लागि नै आफुले फोरमको नेतृत्व दावी गरेको बताऊँछिन्  | 'सरकारले वैदेशिक रोजगार आवश्यकता हो/होइन अब बोल्नुपर्छ, आवश्यकता भए १०० जना अनिवार्य विदेश पठाउनु पर्ने बाध्यकारी व्यवस्था अन्त्य हुनुपर्छ त्यसैका लागि मेरो लडाई हुनेछ' उनले भनिन्  | 

नीतिगत सुधारमा परिपक्क छु : ऋषि शर्मा 

अध्यक्षका अर्का आकांक्षी अधिवक्ता समेत रहेका ऋषि शर्माले आफ्नो दावी कायम रहेको बताएका छन् । फोरमको बरिष्ठ उपाध्यक्ष भईसकेका शर्माले संघमा अहिलेसम्म कांग्रेस निकट व्यवसायीलाई जिताउन लागिपरेको भन्दै यसपटक आँफै अध्यक्षको उम्मेदवार भएको बताए । २०४६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक रुपमा प्रवेश गरेका उनी २०५६ सालमा गृहमन्त्री पूर्णबहादुर खड्काको स्वकीय सचिव भएर समेत काम गरिसकेका छन् ।

हाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्न लागेको भन्दै यसमा व्यवसायीका समस्या नीतिगत रुपमा नै समाधान गर्न पहल गर्नको लागि पनि आफ्नो भूमिका अब्बल हुने उनको दावी छ । व्यवसायीका मुद्दामा संघ चुकेमा खबरदारी गर्ने बलियो संगठन आवश्यक रहेको भन्दै उनले अध्यक्षमा आफ्नो दावी अन्तिम समयसम्म कायम हुने बताए ।

१२ वर्ष संघमै योगदान गरेको छु : भुवन गुरुङ

अध्यक्षका आकांक्षी रहेका गुरुङ्ग व्यवसायीको छाता संगठनलाई अगाडी राखेर अन्य घटकहरुलाई सम्वन्यकारी भूमिका निर्वाह गर्न आफ्नो दावी रहेको बताउँछन् । उनले  संघमा सदस्य, तृतीय उपाध्यक्ष र दित्तीय उपाध्यक्ष भई १२ वर्षसम्म निरन्तर काम गरेका छन् । वैदेशिक रोजगार व्यवसायमा १६ वर्षदेखि सक्रिय गुरुङले संघमा रहंदा वैदेशिक रोजगार विभागमा संघको तर्फबाट प्रतिनिधित्व गर्दै व्यवसायीका उजुरी फरफारक गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । विभागमा संस्थागत रुपमा परेका १२ सय उजुरी मध्ये १ हजार उजुरी फरफारक गरेकोले पनि आफुले व्यवसायीका समस्या बुझेको भन्दै उनले ति समस्या समाधान गर्न नीतिगत सुधारको लागि पनि आफ्नो उम्मेद्वारी रहने बताए ।

सहमतिको लागि बाध्य हुन्न : नरेन्द्र प्रसाद ढकाल 

फोरमको सदस्य, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष भैसकेका नरेन्द्र प्रसाद ढकाल अध्यक्षका आकांक्षी रहेको बताउंछन्  | सहमतिको बाधक नभएको तर निर्वाचन हुने अवस्था आएमा अध्यक्षमा उम्मेद्वारी दिने उनले बताए | फोरमको गत निर्वाचनमा हंशराज वाग्लेसंग पराजित भएका उनी संघको पुर्व सदस्य समेत हुन्  | विगत २० वर्ष देखि वैदेशिक रोजगार व्यवसायमा सक्रिय रहेका ढकाल व्यवसायीको छाता संगठनलाई अगाडी राखेर अन्य घटकहरुसंग समन्वयकारी  भूमिका निर्वाह गर्न पनि आफ्नो उम्मेद्वारी रहने बताउँछन् | सेवा शुल्क परिमार्जन लगायत व्यवसायीका साझा समस्या समाधान गर्न फोरमको अध्यक्षमा आफ्नो दावी रहेको उनले बताए |









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ