२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर कम्पनीहरुद्वारा क्यानाडा पठाउने भन्दै लाखौँ ठगि, के हुन्छ कारवाही ?

२७ माघ २०७६, सोमबार ०७:१६

माघ २७, काठमाडौं । वैदेशिक रोजगारीको लागि इजाजतपत्र लिएका म्यानपावर कम्पनीहरुले श्रमिकसंग अबैध शुल्क लिने गरेको पाइएको छ । संस्थागत रुपमा श्रमिक विदेस पठाउने लाइसेन्स लिएर युवाहरुलाई व्यक्तिगत श्रम स्वीकृति मार्फत पठाउने भन्दै केहि म्यानपावर कम्पनीले करोडौं ठगी गरेको भेटिएको छ ।

वैदेशिक रोजगार विभागमा यस आर्थिक वर्षको ७ महिनामा परेका उजुरीका आधारमा हेर्दा वैदेशिक रोजगारीमा अमेरिका, चेक रिपब्लिक, क्यानडा, घाना, साइप्रस, जापान पठाउने भन्दै म्यानपावर कम्पनीले श्रमिकलाई प्रलोभन देखाएर चर्को शुल्क ठगी गर्ने गरेको भेटिएको छ। म्यानपावर कम्पनीले युरोप लगायत विभिन्न देशका डिमाण्ड देखाएर  ठगिएको भन्दै पीडितहरूले म्यानपावर कम्पनी र एजेन्टका विरूद्ध उजुरी दिएका छन् ।

क्यानडा पठाउनका लागि डुल्स्को ह्युमन रिसोर्ज प्रा. लि, जनता ओभरसिज प्रा. लि, फोर्सवान प्रा.लि र एसटीएल टेड्र लिङ्कले ठगि गरेको उजुरी परेको विभागले जानकारी दिएको छ ।

उजुरी १. डुल्स्को ह्युमन रिसोर्ज 

विभागमा परेको उजुरी रेकर्ड क्यानाडा पठाउनको लागि सबैभन्दा धेरै ठगीका उजुरी डुल्स्को ह्युमन रिसोर्ज प्रा. लि विरूद परेको छ । म्यानपावरले क्यानडा पठाइदिने भन्दै एक व्यक्तिसँग ६० लाख रूपैयाँसम्म असुलेको उजुरी  परेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । डुल्स्कोले ५ जनाको समूहलाई रोजगारीका लागि क्यानडा पठाइदिने भनेर करिब ७ करोड रूपैयाँ ठगी गरेको उजुरी दर्ता विभागमा दर्ता भएको छ ।

यस म्यानपावर कम्पनीले क्यानडाको पठाउने भन्दै विभिन्न व्यक्तिबाट ९१ लाख ठगि गरेको उजुरी परेको विभागले जनाएको छ । डुल्स्कोले याजिन बहादुर कार्कीलाई क्यानडा रोजगारीमा पठाइदिने भन्दै ६० लाख रूपँयाँ ठगी गरेको उजुरी परेको छ । डुल्स्को म्यानपावरले क्यानडा पठाइदिने प्रलोभनमा सुरज आलेमगरसँग १० लाख, प्रदीप पौडेलसँग ३ लाख, लालबहादुर मगरसँग ३ लाख, गोपाल शाहीसँग १० लाख, राजकुमार तामाङसँग ५ लाख र जीवन मगरसँग ४ लाख ठगी गरेको उजुरी विभागमा दर्ता भएको छ । डुल्स्को म्यानपावरविरुद्ध विभागमा ६० वटाभन्दा धेरै ठूला ठगीका उजुरी दर्ता भएका छन् । 


यसै म्यानपावर कम्पनीले चेक रिपब्लिक पठाउने भन्दै २३ लाख २५ हजार ठगि गरेको उजुरी परेको विभागले जनाएको छ । रामराजा लामिछानेबाट नै १६ लाख लिएर चेक रिपब्लिक नपठाएको उजुरी विभागमा परेको छ । विभागमा सबैभन्दा धेरै उजुरी पर्ने मध्ये डुल्स्को अग्र स्थानमा रहेको विभागले जनाएको छ । म्यानपावर विरुद्ध परेका केहि उजुरी फरफारक भएपनि अझै केहि उजुरी फरफारक भईनसकेको विभागका निर्देशक हरि ज्ञावालीले जानकारी दिए । तर म्यानपावर संचालिका कुमारी मगर तामाङ्गले विभागमा परेका सबै उजुरी मिलाइसकेको दावी गरेकी छन् । 

उजुरी २. जन्नत ओभरसिज 

जनता ओभरसिज प्रा. लिले लक्कसीराम चौधरीसँग क्यानडा पठाइदिने भनेर १४ लाख ठगी गरेको उजुरी विभागमा परेको छ। विभागले हाल उक्त म्यानपावर कम्पनीको कारोबार बन्द गरेको छ । 

उजुरी ३. फोर्सवान प्रा.लि

फोर्सवान प्रा.लिले पनि रोजगारीका लागि क्यानडा पठाइदिने भनेर ५ लाख २५ हजार ठगी गरेको उजुरी विभागमा दर्ता भएको छ । म्यानपावर कम्पनीले ठगेको भन्दै सूर्य केसीले विभागमा उजुरी दर्ता गराएका छन् । 

उजुरी ४: एसटीएल टेड्र लिङ्क

क्यानडा पठाउनको लागि तीन जनालाई एसटीएल टेड्र लिङ्कले ठगि गरेको उजुरी परेको विभागले जनाएको छ । म्यानपावर कम्पनीले पदम कुमार क्षत्री र उज्ज्वल चौलागाईंसँग 

१२ लाख ठगेको उजुरी दर्ता भएको विभागले जनाएको छ । 

उजुरी ५. रिलायन्स नेपाल इन्टरनेसनल ओभरसिज 

रिलायन्स नेपाल इन्टरनेसनल ओभरसिज प्रा.लिले रोजगारीका लागि क्यानडा पठाइदिने भनेर प्रकाश सापकोटासँग ४ लाख ठगी गरेको उजुरी परेको विभागले जानकारी दिएको छ । हाल यो उजुरी उपर फरफारक गरी सकिएको म्यानपावर संचालक हिमाल ध्वज थापाले जानकारी दिए ।

यो म्यानपावरसंगै फोर्सवान प्रा.लि, एसटीएल टेड्र लिङ्क, जन्नत ओभरसिज खारेजीमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य