२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर कम्पनीहरुद्वारा क्यानाडा पठाउने भन्दै लाखौँ ठगि, के हुन्छ कारवाही ?

२०७६, २७ माघ सोमबार ०७:१६

माघ २७, काठमाडौं । वैदेशिक रोजगारीको लागि इजाजतपत्र लिएका म्यानपावर कम्पनीहरुले श्रमिकसंग अबैध शुल्क लिने गरेको पाइएको छ । संस्थागत रुपमा श्रमिक विदेस पठाउने लाइसेन्स लिएर युवाहरुलाई व्यक्तिगत श्रम स्वीकृति मार्फत पठाउने भन्दै केहि म्यानपावर कम्पनीले करोडौं ठगी गरेको भेटिएको छ ।

वैदेशिक रोजगार विभागमा यस आर्थिक वर्षको ७ महिनामा परेका उजुरीका आधारमा हेर्दा वैदेशिक रोजगारीमा अमेरिका, चेक रिपब्लिक, क्यानडा, घाना, साइप्रस, जापान पठाउने भन्दै म्यानपावर कम्पनीले श्रमिकलाई प्रलोभन देखाएर चर्को शुल्क ठगी गर्ने गरेको भेटिएको छ। म्यानपावर कम्पनीले युरोप लगायत विभिन्न देशका डिमाण्ड देखाएर  ठगिएको भन्दै पीडितहरूले म्यानपावर कम्पनी र एजेन्टका विरूद्ध उजुरी दिएका छन् ।

क्यानडा पठाउनका लागि डुल्स्को ह्युमन रिसोर्ज प्रा. लि, जनता ओभरसिज प्रा. लि, फोर्सवान प्रा.लि र एसटीएल टेड्र लिङ्कले ठगि गरेको उजुरी परेको विभागले जानकारी दिएको छ ।

उजुरी १. डुल्स्को ह्युमन रिसोर्ज 

विभागमा परेको उजुरी रेकर्ड क्यानाडा पठाउनको लागि सबैभन्दा धेरै ठगीका उजुरी डुल्स्को ह्युमन रिसोर्ज प्रा. लि विरूद परेको छ । म्यानपावरले क्यानडा पठाइदिने भन्दै एक व्यक्तिसँग ६० लाख रूपैयाँसम्म असुलेको उजुरी  परेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । डुल्स्कोले ५ जनाको समूहलाई रोजगारीका लागि क्यानडा पठाइदिने भनेर करिब ७ करोड रूपैयाँ ठगी गरेको उजुरी दर्ता विभागमा दर्ता भएको छ ।

यस म्यानपावर कम्पनीले क्यानडाको पठाउने भन्दै विभिन्न व्यक्तिबाट ९१ लाख ठगि गरेको उजुरी परेको विभागले जनाएको छ । डुल्स्कोले याजिन बहादुर कार्कीलाई क्यानडा रोजगारीमा पठाइदिने भन्दै ६० लाख रूपँयाँ ठगी गरेको उजुरी परेको छ । डुल्स्को म्यानपावरले क्यानडा पठाइदिने प्रलोभनमा सुरज आलेमगरसँग १० लाख, प्रदीप पौडेलसँग ३ लाख, लालबहादुर मगरसँग ३ लाख, गोपाल शाहीसँग १० लाख, राजकुमार तामाङसँग ५ लाख र जीवन मगरसँग ४ लाख ठगी गरेको उजुरी विभागमा दर्ता भएको छ । डुल्स्को म्यानपावरविरुद्ध विभागमा ६० वटाभन्दा धेरै ठूला ठगीका उजुरी दर्ता भएका छन् । 


यसै म्यानपावर कम्पनीले चेक रिपब्लिक पठाउने भन्दै २३ लाख २५ हजार ठगि गरेको उजुरी परेको विभागले जनाएको छ । रामराजा लामिछानेबाट नै १६ लाख लिएर चेक रिपब्लिक नपठाएको उजुरी विभागमा परेको छ । विभागमा सबैभन्दा धेरै उजुरी पर्ने मध्ये डुल्स्को अग्र स्थानमा रहेको विभागले जनाएको छ । म्यानपावर विरुद्ध परेका केहि उजुरी फरफारक भएपनि अझै केहि उजुरी फरफारक भईनसकेको विभागका निर्देशक हरि ज्ञावालीले जानकारी दिए । तर म्यानपावर संचालिका कुमारी मगर तामाङ्गले विभागमा परेका सबै उजुरी मिलाइसकेको दावी गरेकी छन् । 

उजुरी २. जन्नत ओभरसिज 

जनता ओभरसिज प्रा. लिले लक्कसीराम चौधरीसँग क्यानडा पठाइदिने भनेर १४ लाख ठगी गरेको उजुरी विभागमा परेको छ। विभागले हाल उक्त म्यानपावर कम्पनीको कारोबार बन्द गरेको छ । 

उजुरी ३. फोर्सवान प्रा.लि

फोर्सवान प्रा.लिले पनि रोजगारीका लागि क्यानडा पठाइदिने भनेर ५ लाख २५ हजार ठगी गरेको उजुरी विभागमा दर्ता भएको छ । म्यानपावर कम्पनीले ठगेको भन्दै सूर्य केसीले विभागमा उजुरी दर्ता गराएका छन् । 

उजुरी ४: एसटीएल टेड्र लिङ्क

क्यानडा पठाउनको लागि तीन जनालाई एसटीएल टेड्र लिङ्कले ठगि गरेको उजुरी परेको विभागले जनाएको छ । म्यानपावर कम्पनीले पदम कुमार क्षत्री र उज्ज्वल चौलागाईंसँग 

१२ लाख ठगेको उजुरी दर्ता भएको विभागले जनाएको छ । 

उजुरी ५. रिलायन्स नेपाल इन्टरनेसनल ओभरसिज 

रिलायन्स नेपाल इन्टरनेसनल ओभरसिज प्रा.लिले रोजगारीका लागि क्यानडा पठाइदिने भनेर प्रकाश सापकोटासँग ४ लाख ठगी गरेको उजुरी परेको विभागले जानकारी दिएको छ । हाल यो उजुरी उपर फरफारक गरी सकिएको म्यानपावर संचालक हिमाल ध्वज थापाले जानकारी दिए ।

यो म्यानपावरसंगै फोर्सवान प्रा.लि, एसटीएल टेड्र लिङ्क, जन्नत ओभरसिज खारेजीमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत