२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जान लागत १ लाख ७० हजार, विभागले उजुरी नलिंदा ठगिएरै मलेसिया जान बाध्य भएपछि …

२८ माघ २०७६, मंगलवार ०७:३३

माघ २८, काठमाडौं । वैदेशिक रोजगार विभागले उजुरी नलिएका कारण आँफुहरु ठगिन बाध्य भएको पीडितहरुले बताएका छन् । न्याय पाउने आशामा विभाग पुगेका युवाले अन्याय सहेरै विदेश जानुपर्ने अवस्था आएको भन्दै विभागको कार्यशैली प्रति गुनासो पोखेका छन् ।

रोजगारीका लागि मलेसियाको इन्फिनिक प्लास्टिक टेक्नोलोजी कम्पनीमा प्रोडक्सन अपरेटर पदमा जान लागेका ३ युवालाई धुम्बाराहीमा रहेको विज्ञान एचआर प्रा. लि ले एक लाख ७० हजार मागेको भन्दै उजुरी दिन सोमबार उनीहरु विभाग पुगेका थिए । तर विभागले उनीहरुको लिखित निवेदन लिनुको सट्टा म्यानपावरलाई नै फोन गरेर सरकारी नियम अनुसार विदेश पठाउन निर्देशन दिएको थियो । मलेसियाको सो कम्पनीको लागि म्यानपावरले १० जनाको अन्तिम श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ ।

सोमबार बेलुकी नै टिकट भएको भन्दै उनीहरु घरबार बिदा भएर आएर झोला सहित निवेदन दिन विभागमा पुगेका थिए । एजेन्टको सहायता विना नै म्यानपावरमा आएको डिमाण्डमा आवेदन दिएर प्रक्रिया शुरु गरेका बताएका उनीहरुले यसअघि म्यानपावरले प्रति व्यक्ति ३०/३० हजार रकम लिएको र बाँकि १ लाख ४० हजार मागेको साझा सवाललाई जानकारी दिएका छन् । 

यसअघि विभागले श्रमिकसंग बढी शुल्क लिने म्यानपावर कम्पनीमा छापा हानेर पीडितलाई सरकारले तोकेकै सेवा शुल्कमा विदेश पठाउने गरेको जानकारी पाएको भन्दै सोहि आशामा विभाग गएको पीडितका एक आफन्तले बताएका छन् । मागेजति पैसा सहित विभागमा गएको तर विभागले उल्टै म्यानपावरलाई जानकारी गराएर पीडितको निवेदनसम्म नलिएको उनले गुनासो गरेका छन् ।

यस अघि विभागले यस्ता घटनमा म्यानपावर कम्पनी माथि तत्काल छापा मारेर लिइएको रकम जफत गर्ने गर्दथ्यो तर सोमबार त्यस्तो नगर्दा पीडितहरु ठगिएर नै मलेसिया जान बाध्य भएको पीडितका एक आफन्तले बताएका छन् । म्यानपावर कम्पनीमा नै पुगेका पीडितका एक आफन्तले म्यानपावर कम्पनीले 'तिमीहरुलाई विदेशमा केहि भए हामीले नै हेर्नुपर्छ, उजुरी किन गर्न गएको भन्दै गाली गरेको र पछि प्रति व्यक्ति १/१ लाख लिएर (जम्मा १ लाख ३० हजारमा) मलेसिया पठाएको साझा सबाललाई बताएका छन् । तर म्यानपावर संचालक शुक बहादुर तामाङ्गले सोमबार आफुलाई विभागबाट सरकारी नियम अनुसार नै ३ जनालाई मलेसिया पठाउन भन्दै फोन आएकोले उनीहरुबाट कुनै शुल्क नलिएको दावी गरे । म्यानपावरको कुनै एजेन्ट नभएको भन्दै संचालक तामाङ्गले रोजगारदाताले नै सेवा शुल्क वापत श्रमिकको एक महिनाको तलबको आधा रकम पठाउने भएकोले तिनै जनाबाट शुल्क नलिएको दावी गरे ।

सरकारले मलेसिया जानको लागि म्यानपावर कम्पनीले श्रमिकबाट सेवा शुल्क लिन नपाउने गरि मलेसियासँग श्रम सम्झौता गरेको छ, तर विभागको अनुगमन संयन्त्र फितलो हुँदा म्यानपावर कम्पनीले श्रमिकबाट चर्को शुल्क उठाउन छोडेका छैनन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य