२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जान लागत १ लाख ७० हजार, विभागले उजुरी नलिंदा ठगिएरै मलेसिया जान बाध्य भएपछि …

२०७६, २८ माघ मंगलवार ०७:३३

माघ २८, काठमाडौं । वैदेशिक रोजगार विभागले उजुरी नलिएका कारण आँफुहरु ठगिन बाध्य भएको पीडितहरुले बताएका छन् । न्याय पाउने आशामा विभाग पुगेका युवाले अन्याय सहेरै विदेश जानुपर्ने अवस्था आएको भन्दै विभागको कार्यशैली प्रति गुनासो पोखेका छन् ।

रोजगारीका लागि मलेसियाको इन्फिनिक प्लास्टिक टेक्नोलोजी कम्पनीमा प्रोडक्सन अपरेटर पदमा जान लागेका ३ युवालाई धुम्बाराहीमा रहेको विज्ञान एचआर प्रा. लि ले एक लाख ७० हजार मागेको भन्दै उजुरी दिन सोमबार उनीहरु विभाग पुगेका थिए । तर विभागले उनीहरुको लिखित निवेदन लिनुको सट्टा म्यानपावरलाई नै फोन गरेर सरकारी नियम अनुसार विदेश पठाउन निर्देशन दिएको थियो । मलेसियाको सो कम्पनीको लागि म्यानपावरले १० जनाको अन्तिम श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ ।

सोमबार बेलुकी नै टिकट भएको भन्दै उनीहरु घरबार बिदा भएर आएर झोला सहित निवेदन दिन विभागमा पुगेका थिए । एजेन्टको सहायता विना नै म्यानपावरमा आएको डिमाण्डमा आवेदन दिएर प्रक्रिया शुरु गरेका बताएका उनीहरुले यसअघि म्यानपावरले प्रति व्यक्ति ३०/३० हजार रकम लिएको र बाँकि १ लाख ४० हजार मागेको साझा सवाललाई जानकारी दिएका छन् । 

यसअघि विभागले श्रमिकसंग बढी शुल्क लिने म्यानपावर कम्पनीमा छापा हानेर पीडितलाई सरकारले तोकेकै सेवा शुल्कमा विदेश पठाउने गरेको जानकारी पाएको भन्दै सोहि आशामा विभाग गएको पीडितका एक आफन्तले बताएका छन् । मागेजति पैसा सहित विभागमा गएको तर विभागले उल्टै म्यानपावरलाई जानकारी गराएर पीडितको निवेदनसम्म नलिएको उनले गुनासो गरेका छन् ।

यस अघि विभागले यस्ता घटनमा म्यानपावर कम्पनी माथि तत्काल छापा मारेर लिइएको रकम जफत गर्ने गर्दथ्यो तर सोमबार त्यस्तो नगर्दा पीडितहरु ठगिएर नै मलेसिया जान बाध्य भएको पीडितका एक आफन्तले बताएका छन् । म्यानपावर कम्पनीमा नै पुगेका पीडितका एक आफन्तले म्यानपावर कम्पनीले 'तिमीहरुलाई विदेशमा केहि भए हामीले नै हेर्नुपर्छ, उजुरी किन गर्न गएको भन्दै गाली गरेको र पछि प्रति व्यक्ति १/१ लाख लिएर (जम्मा १ लाख ३० हजारमा) मलेसिया पठाएको साझा सबाललाई बताएका छन् । तर म्यानपावर संचालक शुक बहादुर तामाङ्गले सोमबार आफुलाई विभागबाट सरकारी नियम अनुसार नै ३ जनालाई मलेसिया पठाउन भन्दै फोन आएकोले उनीहरुबाट कुनै शुल्क नलिएको दावी गरे । म्यानपावरको कुनै एजेन्ट नभएको भन्दै संचालक तामाङ्गले रोजगारदाताले नै सेवा शुल्क वापत श्रमिकको एक महिनाको तलबको आधा रकम पठाउने भएकोले तिनै जनाबाट शुल्क नलिएको दावी गरे ।

सरकारले मलेसिया जानको लागि म्यानपावर कम्पनीले श्रमिकबाट सेवा शुल्क लिन नपाउने गरि मलेसियासँग श्रम सम्झौता गरेको छ, तर विभागको अनुगमन संयन्त्र फितलो हुँदा म्यानपावर कम्पनीले श्रमिकबाट चर्को शुल्क उठाउन छोडेका छैनन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत