२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घानाको अस्तित्वमा नरहेको कम्पनीमा १२ नेपाली पठाउन लागेको भन्दै तत्काल रोक्न अनुरोध

२८ माघ २०७६, मंगलवार ०८:२८

माघ २८, काठमाडौं । घानाको अस्तित्वमा नै नरहेको एक तेल कम्पनीमा १२ जना नेपालीलाई काम लगाउने भन्दै पठाउन लागेको खुलेको छ । एनआरएनए घानाले एक विज्ञप्ति जारी गर्दै गौशालामा रहेको सनराइज ह्युमन रिसोर्स प्रा. लि ले अक्रोमेट ओइल (तेल) कम्पनीका नाममा आइतबार १२ जना नेपाली घाना पठाउन लागेको जानकारी आएकोले तत्काल रोक्न माग गरेको छ । 

संघले मेनपावर कम्पनीले पठाउन लागेको तेल कम्पनी घानामा अस्तित्वमै नरहेको दाबी गरेको छ । एनआएरएनए घानाले आइतबार उनीहरुलाई ल्फाइ दुबइ र इमिरेट्सबाट घाना ल्याएर अलपत्र पारिन लागेको खबर प्राप्त भएको भन्दै सजक रहन सूचित गरेको छ ।

सोही कम्पनीले यसअघि पनि घाना पठाएका दुई नेपाली अलपत्र परेको र एनआरएनए घानाले उद्धार गरी घर फर्काउने प्रयास गरिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दलाल मेनपावरको दुस्चक्रमा फस्दै गरेका ती १२ जना नेपालीहरुलाई रोक्न र सम्बन्धित मेनपावर कम्पनीमाथि थप अनुसन्धान र कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं । साथै घानामा अलपत्र परिरहेका यी दुई नेपालीलाई घर फिर्ताका लागि समन्वय गर्नसमेत नेपाल सरकारलाई अनुरोध छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य