२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा रोजगारीमा रहेका नेपालीलाई पेन्सन प्रणालीमा समेट्न श्रममन्त्रीको आग्रह

२८ माघ २०७६, मंगलवार ०८:३७

माघ २८, काठमाडौं । नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले आज गरेको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेका हुन् ।


भेटमा उनले कोटा वृद्धि भएमा भाषा तथ सीप परीक्षा पास गरेका युवा प्रतिक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताए । उनले कोरियामा रहेका नेपाली श्रमिकलाई त्यहाँको पेन्सन प्रणालीमा समेट्नसमेत आग्रह गरेका थिए । भेटमा मन्त्री यादवले इपिएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । सो अवसरमा मन्त्री यादवले तालिम प्रदायक संस्थाको क्षमता विस्तारमा कोरिया सरकारसँग सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

भेटमा राजदूत योङसिकले दक्षिण कोरियामा रहेका नेपाली श्रमिकले गरेको कामको प्रशंसा गर्दै भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित बनाउन पूर्वाधार निर्माण गर्ने बताएका थिए ।

कोरियामा रहेका नेपाली कामदारको आत्महत्यासम्बन्धी विषयलाई सरकारले गम्भीरताका साथ लिएको उल्लेख गर्दै उनले आत्महत्या न्यूनीकरणका लागि आवश्यक प्रबन्ध गर्ने बताएका थिए । उनले नेपाली श्रमिकका परिवारसँगको सम्पर्कलाई थप सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य