२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार: साउदी अरव जान श्रम स्वीकृति लिने सबैभन्दा बढी (देशगत विवरण सहित)

९ फाल्गुन २०७६, शुक्रबार ११:२९

फागुन ९, काठमाडौँ | पछिल्लो माघ महिनामा साउदी अरव जानको लागि सर्वाधिक कामदारले श्रम स्वीकृति लिएको देखिएको छ । वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको माघ महिनाको मासिक प्रगति विवरण अनुसार माघ महिनामा मात्र साउदी अरवमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरुको शंख्या ११ हजार ११० रहेको छ ।

बिभागको अनुसार साउदी पछि सर्वाधिक श्रम स्वीकृति कतारको लागि लिईएको छ । कतारमा रोजगारीको लागि माघ महिनाभरमा १० हजार ७६४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै तेश्रो नम्बरमा मलेसिया जानका लागि १० हजार ५४४ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । 

क्रमश: कुन देश जान कति जनाले श्रम स्वीकृति लिए तल हेर्न सक्नुहुनेछ: 

१. साउदी अरव – ११११० जना (महिला शंख्या: ६७ जना) 

२. कतार – १०७६४ जना (महिला शंख्या: ४०१ जना)

३. मलेसिया – १०५४४ जना (महिला शंख्या: १६० जना) 

४. युएई – १००८९ जना (महिला शंख्या : १२५९ जना) 

५. कुवेत – २२९८ जना (महिला शंख्या: ३०५ जना) 

६. बहराइन – ८८९ जना (महिला शंख्या: १३२ जना) 

७. ओमान – ५४१ जना (महिला शंख्या: ६६ जना)

८. जापान – ४०९ जना (महिला शंख्या: २० जना)

९. साइप्रस – ३११ जना (महिला शंख्या: २७० जना)

१०. रोमानिया – २३६ जना (महिला शंख्या: ३९ जना)

११. जोर्डन – २२९ जना (महिला शंख्या: २१८ जना)

१२. माल्टा – १७३ जना (महिला शंख्या: ४७ जना)

१३. माल्दिभ्स – १६३ जना (महिला शंख्या: ५२ जना)

१४. अफगानिस्तान – १२७ जना (महिला शंख्या: ० जना)

१५. टर्की – १०० जना (महिला शंख्या: ५९ जना) 

वैदेशिक रोजगार विभागले हरेक महिना कति कामदार वैदेशिक रोजगारीमा कुन-कुन मुलुक गए ? कुन म्यानपावरबाट कति गए भन्ने विवरणहरु सार्वजनिक गर्दै आएको छ । बिभागको अनुसार माघ महिनामा मात्र व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति मार्फत वैदेशिक रोजगारमा जानको लागि ८२ वटा देशमा ४८ हजार ६७४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३ हजार १८९ जना महिला कामदार रहेका छन् । 

बिभागको अनुसार माघ महिनामा मात्र ७ सय ५४ म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा पठाउनको लागि २५ हजार १७१ जनाको श्रम स्वीकृति जारी गरिएको छ । गत माघ महिनामा कुल ४८ हजार ६७४ जनाले श्रम स्वीकृति लिएकोमा २७ हजार ४१७ अनस्किल्ड, १६ हजार ७१९ स्किल्ड, ४ हजार ४९१ सेमी स्किल्ड, ४२ जना प्रोफेसनल र ५ जना मात्र हाई स्किल्ड कामदारले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगारको सबै अपडेट पाउन – 'Baideshik Rojgar' मोबाइल एप डाउनलोड गर्न्नुहोस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य