२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार: साउदी अरव जान श्रम स्वीकृति लिने सबैभन्दा बढी (देशगत विवरण सहित)

२०७६, ९ फाल्गुन शुक्रबार ११:२९

फागुन ९, काठमाडौँ | पछिल्लो माघ महिनामा साउदी अरव जानको लागि सर्वाधिक कामदारले श्रम स्वीकृति लिएको देखिएको छ । वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको माघ महिनाको मासिक प्रगति विवरण अनुसार माघ महिनामा मात्र साउदी अरवमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरुको शंख्या ११ हजार ११० रहेको छ ।

बिभागको अनुसार साउदी पछि सर्वाधिक श्रम स्वीकृति कतारको लागि लिईएको छ । कतारमा रोजगारीको लागि माघ महिनाभरमा १० हजार ७६४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै तेश्रो नम्बरमा मलेसिया जानका लागि १० हजार ५४४ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । 

क्रमश: कुन देश जान कति जनाले श्रम स्वीकृति लिए तल हेर्न सक्नुहुनेछ: 

१. साउदी अरव – ११११० जना (महिला शंख्या: ६७ जना) 

२. कतार – १०७६४ जना (महिला शंख्या: ४०१ जना)

३. मलेसिया – १०५४४ जना (महिला शंख्या: १६० जना) 

४. युएई – १००८९ जना (महिला शंख्या : १२५९ जना) 

५. कुवेत – २२९८ जना (महिला शंख्या: ३०५ जना) 

६. बहराइन – ८८९ जना (महिला शंख्या: १३२ जना) 

७. ओमान – ५४१ जना (महिला शंख्या: ६६ जना)

८. जापान – ४०९ जना (महिला शंख्या: २० जना)

९. साइप्रस – ३११ जना (महिला शंख्या: २७० जना)

१०. रोमानिया – २३६ जना (महिला शंख्या: ३९ जना)

११. जोर्डन – २२९ जना (महिला शंख्या: २१८ जना)

१२. माल्टा – १७३ जना (महिला शंख्या: ४७ जना)

१३. माल्दिभ्स – १६३ जना (महिला शंख्या: ५२ जना)

१४. अफगानिस्तान – १२७ जना (महिला शंख्या: ० जना)

१५. टर्की – १०० जना (महिला शंख्या: ५९ जना) 

वैदेशिक रोजगार विभागले हरेक महिना कति कामदार वैदेशिक रोजगारीमा कुन-कुन मुलुक गए ? कुन म्यानपावरबाट कति गए भन्ने विवरणहरु सार्वजनिक गर्दै आएको छ । बिभागको अनुसार माघ महिनामा मात्र व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति मार्फत वैदेशिक रोजगारमा जानको लागि ८२ वटा देशमा ४८ हजार ६७४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३ हजार १८९ जना महिला कामदार रहेका छन् । 

बिभागको अनुसार माघ महिनामा मात्र ७ सय ५४ म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा पठाउनको लागि २५ हजार १७१ जनाको श्रम स्वीकृति जारी गरिएको छ । गत माघ महिनामा कुल ४८ हजार ६७४ जनाले श्रम स्वीकृति लिएकोमा २७ हजार ४१७ अनस्किल्ड, १६ हजार ७१९ स्किल्ड, ४ हजार ४९१ सेमी स्किल्ड, ४२ जना प्रोफेसनल र ५ जना मात्र हाई स्किल्ड कामदारले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगारको सबै अपडेट पाउन – 'Baideshik Rojgar' मोबाइल एप डाउनलोड गर्न्नुहोस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस