२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामदार भिसामा अमेरिका जान खुला, नेपालीले पनि भोलीदेखि आवेदन दिन सक्ने

१७ फाल्गुन २०७६, शनिबार ११:१७

फागुन १७, काठमाडौँ | अमेरिकाले कामदार भिसाको रुपमा लिइने (एचवानबी भिसा) आइतबारदेखि खुला गर्दैछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का लागि फागुन १८ गतेदेखि आवेदन खुला गर्ने जनाएको हो । अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको छ । अमेरिकी सरकारले अमेरिकामानै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो । नेपाली समय अनुसार आइतबार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले जनाएको छ ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ भने अमेरिकन डिग्री होल्डरका लागि सहज भएको छ । अमेरिका जान चाहने श्रमिकले भिसाका लागि रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने हुन्छ । एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । भिसा आवेदन दिनको लागि १० डलर दर्ता शुल्क लाग्ने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । पहिलोपटक तीन वर्षका लागि एच वानबी भिसा प्राप्त हुने र त्यसपछि थप तीन वर्षका लागि रिन्यु गर्न पाइने व्यवस्था छ ।

एचवानबी भिसामार्फत आवेदन दिनको लागि कम्तीमा पनि स्नातक वा त्यो भन्दा माथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ । त्यस्तै जुन पेशाका लागि आवेदन दिनेको त्यसको लाइसेन्स समेत जरुरी हुन्छ ।

यो कार्यक्रममा फेशन मोडलसहित आइटी, वित्त, लेखा, आर्किटेक्चर, इन्जिनियर, विज्ञान, मेडिकल लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । अमेरिकाको यो कार्यक्रममा नेपालीले पनि आवेदन दिन सक्नेछन् । 

यस सम्बन्धि जानकारी पाईराख्न वैदेशिक रोजगार मोवाइल एप डाउनलोड गर्नुहोस्  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य