२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदारलाई मौरिसस पठाउँदा भर्ना प्रक्रियालाई मर्यादित बनाउन मौरिससको आग्रह

१७ फाल्गुन २०७६, शनिबार १५:११

फागुन १७, काठमाडौँ | मरिससको औपचारिक भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले त्यहाँका प्रधानमन्त्री प्रविन्द्रकुमार जुगनाउथसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

पोर्टलुइसस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको भेटमा उहाँहरुबीच नेपाल र मरिससबीच गत जेठमा सम्पन्न श्रम समझदारीको कार्यान्वयनलगायत दुई देशबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको दक्षिण अफ्रिकाका लागि नेपाली दूतावासले जनाएको छ । 

सो अवसरमा मन्त्री यादवले आगमी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवादमा मरिससबाट उच्चस्तरको सहभागिताका लागि आग्रह गर्नुभएको थियो । नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा मरिससबाट लगानीका लागि समेत उहाँले आह्वान गर्नुभयो । भेटमा मरिससका प्रधानमन्त्री जुगनाउथले नेपालले अन्तर्राष्ट्रियस्तरको संवाद आयोजना गर्न लागेकामा खुसी व्यक्त गर्दै उच्चस्तरको सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको मन्त्री यादवले त्यहाँ रहँदा कृषि, उद्योग तथा खाद्य सुरक्षामन्त्री महेन्कुमार सिरुत्न, श्रम मानव स्रोत विकास तथा तालिममन्त्री सुदेश सत्कम कालिचरनसँग पनि भेटवार्ता गर्नुभएको थियो । 

सो अवसरमा मरिससको कृषि क्षेत्रमा नेपाली कामदारका लागि रोजगारीको सम्भावनाका बारेमा छलफल भएको दूतावासले जनाएको छ । यस्तै दुई देशका श्रम समझदारीको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षबाट निरन्तर सहकार्य गर्दै जाने बारेमा छलफल भएको थियो । सो अवसरमा सम्झौताअनुरुपको मर्यादित कामदार भर्नासँग सम्बन्धित सबै प्रक्रियाका साथै लागतका विषयमा छलफल भएको थियो । 

भ्रमणका अवसरमा नेपाली प्रतिनिधिमण्डलले रोजगारदाताको सङ्गठनका प्रमुख तथा प्रतिनिधिसँग विदेशी कामदारको माग रहेका होटल, उत्पादन, पूर्वाधार, सुरक्षा, सेवालगायत क्षेत्रका बारेमा छलफल भएको दूतावासले जनाएको छ । सो अवसरमा मरिसस पक्षले नेपाली कामदार पठाउँदा कामदारको मर्यादित भर्ना प्रक्रियालाई अपनाउन जोड दिएको थियो । 

नेपाली प्रतिनिधिमण्डलले मरिससको व्यवस्थापिका ‘नेशनल एसेम्बली’को सभा सञ्चालनको अवलोकन गरेको थियो । मरिससका श्रममन्त्री कालिचरनको निमन्त्रणमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री यादव मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य