२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको त्रास: वैदेशिक रोजगारीमा नजान अपिल

१९ फाल्गुन २०७६, सोमबार १२:३५

फागुन १९, काठमाडौँ | सरकारले नेपाली नागरिकहरुलाई सकेसम्म विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको हो ।

सरकारले विदेश भ्रमणको योजना नबनाउन अपील गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । सरकारले कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा अत्यावश्यक काममा बाहेक नजान आग्रह गरेको छ । 

यस्तै वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न समेत सरकारले अपील गरेको छ । मध्य पूर्वका देशहरुमा रोजगारीमा जान सरकारले अनिवार्य रोक नलगाएको भएपनि कोरोनाको त्रास रहेसम्म वैदेशिक रोजगारमा जान उपयुक्त नहुने जनाएको छ । तत्कालका लागि रोजगारीका लागि विदेश जाने योजना स्थगित गर्न सरकारले अपील गरेसंगै वैदेशिक रोजगार व्यवसायमा समेत प्रभाव पर्ने देखिएको छ । त्यसो त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत माक्स लगाएर जान अपिल भएको छ । 

आइतबार मात्र ३० जना नेपालीलाई बहराइनले इमिग्रेसनबाट प्रवेश नदिएपछि वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई सम्बन्धित देशले फिर्ता गर्न सक्ने बुझिएको छ ।

ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि मध्यपूर्वका मुलुकहरुमा जाने गरेका छन् । खाडी मुलुकसहित थाइल्याण्ड र चीनमा ठूलो संख्यामा घुमघामका लागि जाने गर्छन् । यसबाहेक व्यापार–व्यवसायका सिलसिलामा समेत जाने गर्छन् ।

सरकारले दक्षिण कोरियामा कोरोनाको उच्च त्रासका बीच इपीएल प्रणालीबाट कामदार नपठाउने निर्णय समेत हालका लागि स्थगित गरेको छ । त्यस्तै अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन समेत रोक लगाइएको छ । 

:: वैदेशिक रोजगारको सम्पूर्ण गतिबिधि पाउन यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य