२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विश्वभर ८० लाख नेपाली छन् तिनीहरुलाई तत्काल नेपाल फिर्ता बोलाउंदैनौं’ : श्रममन्त्री

२२ फाल्गुन २०७६, बिहीबार ०६:३६

फागुन २२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विश्वभर रहेका नेपालीलाई तत्काल नेपाल फिर्ता बोलाउने पक्षमा सरकार नरहेको बताएका छन् । हाल विश्वभर कोरोना भाइरस (कोभिड–१९) कारण त्रास फैलिरहेका बेला श्रममन्त्रीले तत्काल नेपालीहरुलाई नेपाल फिर्ता बोलाउने पक्षमा नरहेको बताएका हुन् । 

साझा सबाल अनलाइनसंग कुराकानी गर्दै मन्त्री यादवले भने 'हाल भारत सहित विश्वभर ८० लाख नेपाली छन्, तिनीहरुलाई तत्काल फिर्ता बोलाउने पक्षमा छैनौं।' सरकार पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले परराष्ट्र मन्त्रालय लगायत सरोकारवाला निकायसंग निरन्तर छलफलमा रहेको बताए । उनले विदेशिने नेपालीलाई दिइने श्रम स्वीकृति तत्कालका लागि स्थगित नगरिएको पनि बताए ।

तर मंगलबार बिहान साझा सबाल अनलाइनसंग बोल्दै उनले कोरोनाका कारण तत्कालका लागि श्रम स्वीकृति स्थगित गरिएको बताएका थिए । सो पश्चात उक्त समाचार प्रकाशित भएपछि विभिन्न संचार माध्यमलाई जानकारी दिंदै स्थगित नगरिएको भन्दै उनले बोली फेरेका थिए ।

नेपालले विश्वका १ सय ८ देशका लागि संस्थागत रुपमा र व्यक्तिगत तर्फ १ सय ७२ देशका लागि वैदेशिक रोजगारीमा जान खुला गरेको छ । चीनबाट शुरु भएर फैलिएको कोरोना भाइरस दक्षिण कोरियामा पनि देखिएपछि श्रम मन्त्रालयले ईपीएसमार्फत दक्षिण कोरियाको रोजगारीका लागि छनोट भएका कामदार तत्काल नपठाउने  निर्णय गरिसकेको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्कालका लागि श्रम स्वीकृति कार्य बन्द नगर्न श्रम मन्त्रालयलाई दवाब दिंदै आएको छ । रोजगारदाता मुलुकले नेपाललाई बन्द नगरेसम्म श्रम स्वीकृति जारी राख्न आग्रह गर्दै आएको छ ।

कोभिड–१९ प्रभावः तत्कालका लागि श्रम स्वीकृति दिने कार्य स्थगित


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य