२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विश्वभर ८० लाख नेपाली छन् तिनीहरुलाई तत्काल नेपाल फिर्ता बोलाउंदैनौं’ : श्रममन्त्री

२०७६, २२ फाल्गुन बिहीबार ०६:३६

फागुन २२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विश्वभर रहेका नेपालीलाई तत्काल नेपाल फिर्ता बोलाउने पक्षमा सरकार नरहेको बताएका छन् । हाल विश्वभर कोरोना भाइरस (कोभिड–१९) कारण त्रास फैलिरहेका बेला श्रममन्त्रीले तत्काल नेपालीहरुलाई नेपाल फिर्ता बोलाउने पक्षमा नरहेको बताएका हुन् । 

साझा सबाल अनलाइनसंग कुराकानी गर्दै मन्त्री यादवले भने 'हाल भारत सहित विश्वभर ८० लाख नेपाली छन्, तिनीहरुलाई तत्काल फिर्ता बोलाउने पक्षमा छैनौं।' सरकार पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले परराष्ट्र मन्त्रालय लगायत सरोकारवाला निकायसंग निरन्तर छलफलमा रहेको बताए । उनले विदेशिने नेपालीलाई दिइने श्रम स्वीकृति तत्कालका लागि स्थगित नगरिएको पनि बताए ।

तर मंगलबार बिहान साझा सबाल अनलाइनसंग बोल्दै उनले कोरोनाका कारण तत्कालका लागि श्रम स्वीकृति स्थगित गरिएको बताएका थिए । सो पश्चात उक्त समाचार प्रकाशित भएपछि विभिन्न संचार माध्यमलाई जानकारी दिंदै स्थगित नगरिएको भन्दै उनले बोली फेरेका थिए ।

नेपालले विश्वका १ सय ८ देशका लागि संस्थागत रुपमा र व्यक्तिगत तर्फ १ सय ७२ देशका लागि वैदेशिक रोजगारीमा जान खुला गरेको छ । चीनबाट शुरु भएर फैलिएको कोरोना भाइरस दक्षिण कोरियामा पनि देखिएपछि श्रम मन्त्रालयले ईपीएसमार्फत दक्षिण कोरियाको रोजगारीका लागि छनोट भएका कामदार तत्काल नपठाउने  निर्णय गरिसकेको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्कालका लागि श्रम स्वीकृति कार्य बन्द नगर्न श्रम मन्त्रालयलाई दवाब दिंदै आएको छ । रोजगारदाता मुलुकले नेपाललाई बन्द नगरेसम्म श्रम स्वीकृति जारी राख्न आग्रह गर्दै आएको छ ।

कोभिड–१९ प्रभावः तत्कालका लागि श्रम स्वीकृति दिने कार्य स्थगित


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत