२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगार: व्यवसायी नेताकै म्यानपावरमा चर्को रकम लिँदा-लिँदै विभागको छापा

२२ फाल्गुन २०७६, बिहीबार १३:२४

फागुन २२, काठमाडौँ | वैदेशिक रोजगार विभागले गौशालाको पिंगालास्थानमा रहेको हिमालयन भ्याली नेपाल प्रा.लि. म्यानपावरमा छापा हानेको छ । मलेसियाको 'लिनाको म्यानुफेक्चरिङ' कम्पनीमा फ्याक्ट्री वर्कर पदमा जान लागेका एक युवासंग ७० हजार रकम लिँदा-लिँदै विभागले छापा हानेको हो ।


म्यानपावरमा श्रम प्रतिनिधिको रुपमा कार्यरत कर्मचारी हस्त बहादुर तामाङले ति युवासँग मलेसिया जानको लागि १ लाख ६० हजार रकम मागेका थिए । पीडित युवाले भने 'म सँग त्यत्रो पैसा छैन, १ लाख ३० हजार दिन्छु भन्दा नमानेपछि वैदेशिक रोजगार विभागमा निवेदन दिन पुगेको हुँ ।' उनले भने 'यस अघि मैले एजेन्ट मार्फत म्यानपावरलाई ३० हजार बुझाईसकेको छु ।' 

ति युवाले सरकारले मलेसिया जान निशुल्क भनेको आफूलाई थाहा भए पनि बाध्य भएर अग्रिम ३० हजार बुझाउनु परेको बताए । आफूलाई चर्को रकम अशुल्न खोजेपछि वैदेशिक रोजगार विभाग पुगेको बताएका ति युवालाई म्यानपावर कम्पनीमा छापा हानेसँगै आजै बेलुका निशुल्क मलेसिया उडाउने सहमति भएको वैदेशिक रोजगार विभागले जनाएको छ । 


विभागले चर्को रकम अशुली गर्ने म्यानपावर कम्पनीलाई फागुन २७ गतेभित्र संचालक सहित वैदेशिक रोजगार विभागमा हाजिर हुन पत्र काटेको छ | विभागले छापा हानेको हिमालयन भ्याली नेपाल प्रा.लि. नेकपा समर्थित प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचका अध्यक्ष चित्र गुप्त सावा लिम्बु समेत संचालक रहेको म्यानपावर कम्पनी हो । 

सरकारले मलेसिया रोजगारीको लागि म्यानपावरले कामदारबाट कुनै सेवा-शुल्क लिन नपाउने गरि मलेसियासंग श्रम समझदारी गरिसकेको छ । तर म्यानपावर कम्पनीहरुले मलेसिया जाने युवाहरुसँग चर्को रकम अशुली गर्दै आएका छन् ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य