२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगार: व्यवसायी नेताकै म्यानपावरमा चर्को रकम लिँदा-लिँदै विभागको छापा

२०७६, २२ फाल्गुन बिहीबार १३:२४

फागुन २२, काठमाडौँ | वैदेशिक रोजगार विभागले गौशालाको पिंगालास्थानमा रहेको हिमालयन भ्याली नेपाल प्रा.लि. म्यानपावरमा छापा हानेको छ । मलेसियाको 'लिनाको म्यानुफेक्चरिङ' कम्पनीमा फ्याक्ट्री वर्कर पदमा जान लागेका एक युवासंग ७० हजार रकम लिँदा-लिँदै विभागले छापा हानेको हो ।


म्यानपावरमा श्रम प्रतिनिधिको रुपमा कार्यरत कर्मचारी हस्त बहादुर तामाङले ति युवासँग मलेसिया जानको लागि १ लाख ६० हजार रकम मागेका थिए । पीडित युवाले भने 'म सँग त्यत्रो पैसा छैन, १ लाख ३० हजार दिन्छु भन्दा नमानेपछि वैदेशिक रोजगार विभागमा निवेदन दिन पुगेको हुँ ।' उनले भने 'यस अघि मैले एजेन्ट मार्फत म्यानपावरलाई ३० हजार बुझाईसकेको छु ।' 

ति युवाले सरकारले मलेसिया जान निशुल्क भनेको आफूलाई थाहा भए पनि बाध्य भएर अग्रिम ३० हजार बुझाउनु परेको बताए । आफूलाई चर्को रकम अशुल्न खोजेपछि वैदेशिक रोजगार विभाग पुगेको बताएका ति युवालाई म्यानपावर कम्पनीमा छापा हानेसँगै आजै बेलुका निशुल्क मलेसिया उडाउने सहमति भएको वैदेशिक रोजगार विभागले जनाएको छ । 


विभागले चर्को रकम अशुली गर्ने म्यानपावर कम्पनीलाई फागुन २७ गतेभित्र संचालक सहित वैदेशिक रोजगार विभागमा हाजिर हुन पत्र काटेको छ | विभागले छापा हानेको हिमालयन भ्याली नेपाल प्रा.लि. नेकपा समर्थित प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचका अध्यक्ष चित्र गुप्त सावा लिम्बु समेत संचालक रहेको म्यानपावर कम्पनी हो । 

सरकारले मलेसिया रोजगारीको लागि म्यानपावरले कामदारबाट कुनै सेवा-शुल्क लिन नपाउने गरि मलेसियासंग श्रम समझदारी गरिसकेको छ । तर म्यानपावर कम्पनीहरुले मलेसिया जाने युवाहरुसँग चर्को रकम अशुली गर्दै आएका छन् ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण