फागुन २५, काठमाडौं | कुवेत र माल्टा पठाइदिन्छु बन्दै ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन |
३६ जनालाई कुवेत र २४ जनालाई माल्टा पठाइदिन्छु भनेर ४ करोड ६० लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा प्रहरीले अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई पक्राउ गरेको हो | उनी शुक्रबार नेपालगञ्जमा पक्राउ परेका हुन् |
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार ति व्यक्तिलाई काठमाडौं ल्याई ठगी मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको छ | उनले नक्कली भिसा र नक्क्ली टिकट बनाएर कुवेत र माल्टा पठाइदिने भन्दै नेपालीलाई दिल्लीमा लगेर अलपत्र पारेको प्रहरीले जनाएको छ |