फागुन २६, काठमाडौँ | कतारले नेपाल सहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ | विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको जनाएको छ |
कतारी सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाउने निर्णय हो |
कतारमा अहिलेसम्म १५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ | बैदेशिक रोजगारीको सिलसिलामा कतारमा चार लाखभन्दा धेरै नेपाली रहेका छन | चिनको हुवान प्रान्तबाट सुरु भएको कोरोनाभाइरस हाल इटाली,दक्षिण कोरिया,जापान,कतार,दुबई,भारत लगायतका देशहरुमा फैलिसकेको छ |