२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा कोरोनाभाइरसका बिरामी भेटिए,नेपालीहरुलाई उच्च सतर्कता अपनाउँन दूतावासको आग्रह

२०७६, २६ फाल्गुन सोमबार ०९:४९

फागुन २६, काठमाडौँ | साउदी अरबमा कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदैगएकोले साउदी अरबमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउँन दुतावासले आग्रह गरेको छ | हाल सम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ |

मन्त्रालयका अनुसार संक्रमितहरुलाई विशेष उपचारमा राखिएको  छ | त्यस्तै कोरोना भाइरसको संक्रमणका विरामी बढ्दै गएपछि अधिकारीहरुबाट साउदी अरबको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यपारिक शहर दम्मामको नजिकैको स्थान Qatif को आवतजावत बन्द समेत गरिएको छ | उक्त क्षेत्रबाट बाहिर गएका बासिन्दालाई भने शहर भित्र आउन दिइएको छ | सो क्षेत्रमा सरकारी कार्यालय, निजी संस्थाहरु, यातायात तथा क्याटरिङ सेवा लगायतका सेवाहरु बन्द गरिएको जनाइएको छ |

उक्त क्षेत्र र वरपर रहेका नेपालीहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न सम्भव सबै उपायहरु अवलम्बन गर्न दूतावासले अनुरोध गरेको छ | साउदीमा सरकारले कोरोनाभाइरसबाट बच्नका लागि देशभरिका  सम्पूर्ण विद्यालयहरु, विश्वविद्यालय, मदरसाहरु अर्को सूचना प्रकाशित नभएसम्मकालागि बन्द गरेको छ |

आइतबार देखि साउदी सरकारले युएई,कुवेत,बहराइन,दक्षिण कोरिया,इटाली,इराक लगायतका देशहरुबाट आवागमनमा रोक लगाएको छ | विदामा नेपाल जाने, नेपालबाट परिवारका सदस्यहरु ल्याउने वा अन्य यात्रा तय गर्दा सम्पूर्ण कुराहरु विशेष ध्यान दिन दूतावासले आग्रह गरेको छ |

साउदीमा रहेका नेपालीहरुले रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वाशमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिनसक्ने छन | आफूले कामगर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्न साउदीमा रहेका नेपालीहरुलाई दुतावासले भनेको छ |

दूतावासकाअनुसार यस रोगको संक्रमणको शंका भएमा तुरुन्तै साउदी सरकारले उपलव्ध गराएको हेल्थ सर्भिस सेन्टरको टेलिफोन नं ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनसकिनेछ | त्यस्तै साउदी अरबमा विभिन्न मुलुकका नागरिकहरु कार्यरत रहेका हुंदा उनीहरुसंगको भेटघाट, अंकमाल तथा हातमिलाउने कार्यलाई अत्यावश्यक अवस्थाका लागि मात्र सीमित गर्न अनुरोध गरिएको छ | 

विदेशी नागरिकहरु धेरै भेला भएका स्थानहरुमा अत्यावश्यक भएमा बाहेक नजान नेपाली दूतावासले आग्रह गरेको छ | त्यस्तै साउदीमा मदिरापान गर्नु गम्भीर अपराध समेत भएको रियाद स्थित नेपाली दुतावासले त्यँहा रहेका नेपालीहरुलाई स्मरण गराएको छ |

कोरोनाभाइरसबाट कसरी बच्ने ?

-रुघा खोकी लागेका, ज्वरो आएका तथा स्वासप्रस्वाशमा समस्या देखिएका जो कोहीसंग पनि सजगताका साथ व्यवहार गर्नुहोस् र केही दुरीमा बस्नुहोस् ।

-नेपाली समुदायले आयोजना गर्ने सामूहिक कार्यक्रम कुनै भएका हाललाई बन्द गर्नुहोस् ।

-नियमित हात धुनुहोस्, खोक्दा तथा हाछ्युं गर्दा अनिवार्य रुमाल वा टिस्युले नाक र मुख छोप्नुहोस् । सो उपलव्ध नभएमा हातको कुहिनाको भित्रिभागमा नाकमुख राखि गर्नुहोस् ।

-चराचुरूङगी तथा  जनवारलाई नछुनुहोस् । कामका सिलसिलामा छुनुपरेमा प्लाष्टिकको पञ्जा प्रयोग गर्नुहोस् । मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खानुहोस् ।

-मादक पदार्थ सेवनबाट शरीर शीथिल हुने र शीथिल शरीरमा रोगव्याधीले सजिलै आक्रमण गर्ने एवं शरीरमा रोग लागेको अड्कल गर्न समेत कठीन हुने भएकाले मादक पदार्थ सेवन नगर्नुहोस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ