२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा रहेका नेपालीहरुलाई दूतावासको अत्यन्त जरुरी सूचना

२९ फाल्गुन २०७६, बिहीबार १२:२१

फागुन २९, काठमाडौँ | संयुक्त युनाइटेड इमिरेट्स (युएई)मा रहेका रहेका नेपालीहरुलाई कोरोनाभाइरस(कोभिड-१९)बाट बच्नकालागि उच्च सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | बिहिबार एक सूचना जारी गर्दै दुबई स्थित नेपाली दुतावासले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले उक्त भाइरसबाट बच्न अपनाउनुपर्ने आवश्यक उपाय अपनाउन अनुरोध गरेको हो |

दुबईमा हालसम्म ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ | जसमध्ये १७ जना उपचारपछि घर फर्किएका छन् | संक्रमित हुने विभिन्न देशका नागरिकहरुमध्ये २ जना नेपाली रहेको दुबई स्थित नेपाली दुतावासले जनाएको छ | 

त्यँहाको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको संक्रमण फैलिन नदिन युएई सरकारले उच्च सतर्कता अपनाएको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उपचार गरिरहेको छ | दूतावासले जारी गरेको सूचनामा भनिएको छ,"विश्व स्वास्थ्य सङ्गठनले युएई सरकारका सम्बन्धित निकायहरु र यस दूतावासले मार्च २ मा जारी गरेको जानकारी मूलक सुचना एवं अन्य आधिकारिक सूचना अनुरुप व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनहुँन युएइमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली दूतावासको अनुरोध छ, |" 

त्यस्तै कोभिड-१९ को बिषयलाई लिएर आत्तिने वा तनाबलिने भन्दा पनि सतर्कता अपनाउने कुरामा बढी जोड दिन दूतावासले अनुरोध गरेको छ | कोरोनाभाइरस संक्रमणको आशंका लागेमा त्यंहाको स्वास्थ्य विभागमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ |

दुबईमा रहेका नेपालीहरुले कोरोनाभाइरसको आशंका लागेमा निम्न निकायमा सम्पर्क गर्न दुतावासले आग्रह गरेको छ |

१.Department of Health, United Arab Emirates – 8001717

२.Ministry of Health and Prevention, United Arab Emirates – 80011111

३.Dubai Health Authority – 800342

४.Embassy of Nepal, Abu Dhabi- 026344767 or 6344385


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य