२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा रहेका नेपालीहरुलाई दूतावासको अत्यन्त जरुरी सूचना

२०७६, २९ फाल्गुन बिहीबार १२:२१

फागुन २९, काठमाडौँ | संयुक्त युनाइटेड इमिरेट्स (युएई)मा रहेका रहेका नेपालीहरुलाई कोरोनाभाइरस(कोभिड-१९)बाट बच्नकालागि उच्च सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | बिहिबार एक सूचना जारी गर्दै दुबई स्थित नेपाली दुतावासले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले उक्त भाइरसबाट बच्न अपनाउनुपर्ने आवश्यक उपाय अपनाउन अनुरोध गरेको हो |

दुबईमा हालसम्म ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ | जसमध्ये १७ जना उपचारपछि घर फर्किएका छन् | संक्रमित हुने विभिन्न देशका नागरिकहरुमध्ये २ जना नेपाली रहेको दुबई स्थित नेपाली दुतावासले जनाएको छ | 

त्यँहाको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको संक्रमण फैलिन नदिन युएई सरकारले उच्च सतर्कता अपनाएको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उपचार गरिरहेको छ | दूतावासले जारी गरेको सूचनामा भनिएको छ,"विश्व स्वास्थ्य सङ्गठनले युएई सरकारका सम्बन्धित निकायहरु र यस दूतावासले मार्च २ मा जारी गरेको जानकारी मूलक सुचना एवं अन्य आधिकारिक सूचना अनुरुप व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनहुँन युएइमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली दूतावासको अनुरोध छ, |" 

त्यस्तै कोभिड-१९ को बिषयलाई लिएर आत्तिने वा तनाबलिने भन्दा पनि सतर्कता अपनाउने कुरामा बढी जोड दिन दूतावासले अनुरोध गरेको छ | कोरोनाभाइरस संक्रमणको आशंका लागेमा त्यंहाको स्वास्थ्य विभागमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ |

दुबईमा रहेका नेपालीहरुले कोरोनाभाइरसको आशंका लागेमा निम्न निकायमा सम्पर्क गर्न दुतावासले आग्रह गरेको छ |

१.Department of Health, United Arab Emirates – 8001717

२.Ministry of Health and Prevention, United Arab Emirates – 80011111

३.Dubai Health Authority – 800342

४.Embassy of Nepal, Abu Dhabi- 026344767 or 6344385


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत