२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीस्थित दुतावासले भन्यो, ‘दुई सातासम्म साउदी आउजाउ नगर्नुस्’

२ चैत्र २०७६, आईतवार ०५:२३

चैत्र २, काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले बिदामा रहेका नेपाली कामदारलाई २ साता आउजाउ नगर्न अनुरोध गरेको छ ।  साउदी सरकारले २ साताका लागि सम्पूर्ण हवाई सेवा बन्द गरेसंगै आगामी दुई हप्ताका लागि साउदीमा रहेका नेपालीहरू घर विदामा नेपाल जाने तथा घर विदामा नेपालमा रहेकाहरू नेपालबाट साउदी आउन सक्ने अवस्था नरहेको दुतावासले जनाएको हो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस साउदी अरबमा पनि देखिएको छ । यसबाट जोगिन सतर्कता अपनाएको उसले मार्च १५, २०२० देखि दुई हप्ताका लागि सम्पूर्ण हवाइ सेवा स्थगित गरेको छ । साउदी सरकारको हवाइ सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरूका लागि २ हप्ताको विशेष विदा दिने निर्णय पनि साउदी सरकारले गरिसकेको छ ।

दूतावासले पुनः श्रम स्वीकृति सिफारिशसँगै वहिर्गमनसम्बन्धी आवेदन संकलनका कार्यसमेत स्थगन गरेको छ । यो सेवा कार्य नेपाली राजदूतावास रियाद र राजदूतावासका दम्मामस्थित जनसम्पर्क अधिकारीबाट प्रवाह हुँदै आएको थियो । 

राजदूतावासले प्रदान गर्दै आएका सेवाग्राहीको भिडभाडपूर्ण उपस्थिति हुने घरेलु कामदारहरूका लागि जारी गरिने पुनः श्रम स्वीकृति सिफारिश हाललाई स्थगित गरेको छ । घर विदामा नेपालमा भएकाहरूले पनि यस अवधिमा आफ्ना कफिलहरूलाई सिफारिशका लागि राजदूतावासमा नपठाउन दुतावासले अनुरोध गरेको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य