चैत २, धनगढी | सुदूरपश्चिम नेपाली समाज कोरियाका पूर्व अध्यक्षको नन्दलाल (नविन) कार्कीको निधन भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका वड़ा नम्वर ६ तिल्का निवासी कार्की केही समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउँदै आएका थिए |
३६ बर्षीय कार्कीलाई छातीको समस्या थियो | उनको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको आफन्तले जनाएका छन्। उनी सुदूरपश्चिम नेपाली समाज कोरियाका निवर्तमान अध्यक्ष हुन्। कार्कीको निधनप्रति नेपाली जनसम्पर्क समिति कोरीयाले दुख व्यक्त गरेको छ।
शोक वक्तव्य जारी गर्दै समितिले कार्कीको निधनले ठूलो क्षती पुगेको जनाएको छ |