चैत २, काठमाडौँ | मलेसियामा एक नेपालीको मृत्यु भएको छ।
मलेसियाको जोहोर बारक्क टोमिप्याक फेक्सिबल प्याकेजिङ प्रिन्टिङ कम्पनीमा मेसिङ अपरेटरको रूपमा काम गर्दै आएका नवलपरासी सुनौलका धनबहादुर ठाडामगरको शुक्रबार राति निधन भएको हो |
मगरको हृदयघातका कारण मृत भएको प्रारम्भिक अनुमान लगाइएको छ। उनको मृत्युको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ |