२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिटिक्क बन्यो ‘वैदेशिक रोजगार कार्यालय ताहाचल’

२०७६, ३ चैत्र सोमबार ०७:१८

चैत्र ३, काठमाडौं । सेवाग्राहीको दैनिक भीडभाड हुने कार्यालय मध्ये एक हो । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचल कार्यालय । जहाँबाट म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीको मागपत्रको स्वीकृति लिने र रोजगारीमा जानेहरुको लागि व्यक्तिगत तथा अन्तिम श्रम स्वीकृति लिने गर्दछन् । तर यहि कार्यालयले दिने यस्ता सेवामध्ये श्रम स्वीकृति विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसको कारण नेपाल सरकारले अनिश्चितकालीन रुपमा गत शुक्रबारबाट रोक्ने निर्णय गरेपछि कार्यालयमा सेवाग्राहीको संख्या ठप्प प्राय: नै छ । केहि श्रम प्रतिनिधिले आफ्ना पुराना फाइल पेश गर्ने बाहेक अरु कुनै काम हुन सकेको छैन ।


कर्मचारी नै फुर्सिदिला भएपछि कार्यालयका कर्मचारीको सामुहिक बैठक बस्ने समयका साथ आफ्नो कार्यालयलाई सफाइ गर्ने उपयुक्त अवसर पनि मिलेको छ । सोमबार कार्यालय समय शुरु हुनेबित्तिकै सबै कर्मचारी हातमा कुचो बोकेर कार्यालय परिसर सफा गरेका छन् । त्यसमा साथ दिए फाइल बोकेर गएका केहि सेवाग्राही अर्थात् श्रम प्रतिनिधिले पनि ।


कार्यालय प्रमुख सहित सबैजना मिलेर करिब २घन्टासम्म सरसफाई गर्दा सबैभन्दा बढी पान गुड़का र परागका फोहोर धेरै भेटिएका थिए । कार्यालय प्रमुख उमेश बस्नेतले भने 'संधै सेवाग्राहीको चाप हुँदा कार्यालयमा सबै कर्मचारीको बैठक बस्न सकेको थिएन, हिजो अर्थात् आइतबार सबै जनाले ३ घण्टा सामुहिक  छलफल गरौँ । हाल कार्यालय बन्द हुँदा भन्दा पनि अब कार्यालय खुलेपछि सेवाग्राहीको चापलाई कसरी व्यवस्थित गर्ने र सेवा प्रवाह सहज गर्नेबारे पनि छलफल केन्द्रितभयो ।' 


सुरक्षा गार्ड र क्लिनर बाहेक ५७ जनाको दरवन्दी रहेको कार्यालयमा हाल ५० जना कर्मचारी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत