२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

२०७६, ४ चैत्र मंगलवार ११:४१

चैत ४, काठमाडौँ | कतारमा रहेका नेपालीहरुलाई कोरोनाभाइरस (कोभिड-१९)बाट बच्न कतार सरकारले अपनाएका उपायहरु अपनाउन दूतावासले आग्रह गरेको छ | मंगलबार एक सूचना जारी गर्दै कतार सरकारले कोरोनाभाइरस सम्बन्धि अबलम्बन गरेका उपायहरु अपनाउन र जारी गरेका निर्देशनहरु पालना गर्न दूतावासले आग्रह गरेको हो |

कतारस्थित नेपाली दुतावासले जारी गरेको सूचनामा भनिएको छ,"कोरोनाभाइरसको जोखिमलाई न्यूनीकरण गर्ने उदेश्यले कतार सरकारले अपनाएका सबै प्रकारका उपायहरुको अबलम्बन गर्नु/गराउनु,जारी गरेका निर्देशनहरुको पालना गर्नु/गराउनु हामिसबैको कर्तब्य हो |" दूतावासले कोरोनाभाइरसबाट बच्न यस अघि जारी गरेका सुचनाहरूबारे स्मरण गराउंदै उच्च सतर्कता अपनाउन भनेको छ |

त्यस्तै कतारबाट नेपाली नागरिकहरुलाई विनाकारण डिपोर्टेसन गरिएको भन्ने समाचारको सन्दर्भमा पनि आफ्नो ध्यानाकर्षण भएको जनाउंदै कतार सरकारका सम्बन्धित निकायसँग जानकारी लिनेकाम भइरहेको बताएको छ |

कतार सरकारले तोकेका निषेधित क्षेत्रमा नजान वा भेला नहुन समेत दूतावासले आग्रह गरेको छ | 'कतार सरकारले सम्बन्धित निकायबाट जारीहुने सबै प्रकारका निर्देशनहरुको अक्षरश पालना गर्नु' दूतावासले जारी गरेको सूचनामा भनिएको छ,'श्रमिकहरुको आवासीय क्षेत्रको आसपास सप्ताहन्त लगायत अन्य समयमा अबैधरुपमा पसल राखी सामानहरुको बेचबिखन गर्ने पाइएको र सो कुरा कतार सरकारले बन्देज गरेको हुँदा कम्पनीको आधिकारिक व्यक्तिसँग तोकिएको संख्या (२ जना )मा आधिकारिक स्थानबाट मात्र किनमेल गर्नु |'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण