२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया सहित खाडीका देशमा हुनुहुन्छ ? कोरोनाका कारण समस्या पर्दा अत्यावश्यक सम्पर्क नम्बरहरु

७ चैत्र २०७६, शुक्रबार ०७:४०

चैत ७, काठमाडौं । चीनबाट शुरु भएको कोरोना भाइरसबाट हाल विश्वका एक सय ८० देशका २ लाख ४५ हजार ६७१ जनामा सङ्क्रमण देखिएको छ । १० हजार ४९ जनाको ज्यान गएको छ भने ८८ हजार चार सय ४१ जना निको भएका छन् ।

वैदेशिक रोजगारीको लागि मलेसिया सहित खाडीका देशमा हुनुहुन्छ ? भने तपाईका लागि यो जानकारी महत्वपुर्ण हुनेछ । तपाई कार्यरत देशमा कोरोनाको प्रभाव के छ ? कार्यरत देशले कस्ता कस्ता नियम र निर्देशन दिएको छ ? कोरोना बाट बच्न सावधानी अपनाउन के के गर्नुपर्छ जस्ता विषयमा सबैले जानकारी राख्नु आवश्यक छ । साथै समस्या परे कहाँ सम्पर्क गर्ने र त्यस्ता सम्पर्क व्यक्ति र सम्पर्क नम्बरबारे जानकारी लिई राख्नु पर्दछ ।

हाल मलेसिया सहित खाडीका देशमा लाखौंको संख्यामा नेपालीहरु कार्यरत छन् । कार्यरत खाडीका देश र मलेसियामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या शुक्रबार बिहानसम्म २२ सय ४८ पुगिसकेको छ ।  हालसम्म यूएईमा दुई नेपालीमा कोरोनाको संक्रमण देखिएको छ भने खाडीका बाँकी देश र मलेसियामा अहिलेसम्म नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि भईसकेको छैन । 

अहिले सबै देशले सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजान अनुरोध गरेका छन् । साथै देश अनुसार आ आफ्ना नियम बनाई  लागू गराएका छन् ।  कुन देशमा कोरोनाको प्रभाव के छ ? हेरौं 

मलेसिया 

मलेसियामा कोरोना सङ्क्रमित सङ्ख्या ९०० पुगेको छ भने निको भएर ७५ जना घर फर्किएका छन् । कोरोनाको कारण हालसम्म २ जनाको मृत्यु भएको छ । ८ सय २३ अस्पतालमा उपचाररत छन् ।

कोरोनाको सङ्क्रमण फैलन नदिन मार्च १७ मङ्गलबारदेखि मार्च ३१ सम्म मलेसियामा ‘लकडाउन’ नै गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ । 

कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । 

कतार

कतारमा सङ्क्रमित सङ्ख्या ४ सय ६० पुगेको छ भने १० जना निको भएर घर फर्किएका छन् । ४ सय ५० जना अस्पतालमा उपचाररत छन्  । कतार सरकारले कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्न अनुरोध गरेको छ । 

कतारमा रहेको नेपाली दूतावासले शव नेपाल पठाउने, यात्रा अनुमति र पासपोर्ट जस्ता अत्यावाश्यक कामबाहेक अरु सेवाहरु रोकेको छ । 

दूतावासमा पासपोर्ट र यात्रा अनुमति पत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ । मृतकसम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

यूएई

यूएईमा हालसम्म कोरोनाको सङ्क्रमित सङ्ख्या १ सय ४० पुगेको छ, भने निको भएर घर ३१ जना घर फर्किएका छन् । दुई जना नेपालीसहित १०९ जना अझै अस्पतालमा उपचाररत रहेका छन् । 

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । मङ्गलबारदेखि यूएई भ्रमणमा आउनेहरुलाई सरकारले भिसा समेत नदिने निर्णय कार्यान्वयन गरेको छ । 

कोरोनाको प्रभाव देखिएसंगै यूएई सरकारले पर्यटकीय स्थलहरु, बिद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुन अनुरोध गरेको छ । कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क सकिनेछ  । 

यूएईको Ministry of Health and Prevention( मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिन सकिनेछ । आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ । 

साउदी अरेबिया 

साउदीमा सङ्क्रमित सङ्ख्या २ सय ७४ पुगेको छ बहने ८ जना निको भएर घर फर्किएका छन् । अस्पतालमा उपचाररत २ सय ६६ रहेका छन् ।

साउदी सरकारले कोरोना भाइरस परीक्षणको लागि -Saudi Center for Disease Prevention and Control) साउदी  सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोल) लाई आधिकारिक प्रयोगशाला तोकेको छ । 

रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोला । सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् । 

कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए ती व्यक्तिसँग भेट हुँदा वा बोल्दा कम्तीमा पनि एक मिटर टाढै रहनुहोस् । अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ९६६१४६१११०८ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

बहराइन

बहराइनमा हालससम्म १ जनाको कोरोनाको कारण मृत्यु भैइसकेको छ भने सङ्क्रमित सङ्ख्या २ सय ७८ पुगेको छ । १ सय ६७ अस्पतालमा उपचाररत :रहेका छन् भने ११० जना निको भएर घर फर्किएका छन् ।बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । 

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न बहराइन सरकारले अनुरोध गरेको छ । सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ । कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ । 

कुवेत 

कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । गएको शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ ।  कुवेतमा हालसम्म सङ्क्रमित सङ्ख्या १ सय ४८ पुगेको छ भने निको भएर घर फर्किएकाहरु १८ जना रहेका छन् । १ सय ३० जना अस्पतालमा उपचाररत छन् । 

कुवेत सरकारले भेला भएर नबस्न आग्रह गर्दै कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्न अनुरोध गरेको छ । स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गरि आफ्नो अवस्थाबारे जानकारी गराउन सकिनेछ । कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोला । 

ओमान

ओमानमा हालसम्म सङ्क्रमित सङ्ख्या ४८ पुगेको छ भने १३ जना निको भएर घर फर्किएका छन् ।  ३५ जना अस्पतालमा उपचाररत अझै छन् । ओमान सरकारले सार्वजनिक ठाउँमा भिडभाड नगरी सुरक्षित भएर बस्न अनुरोध गरेको छ । 

ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य