२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा कोरोना भाइरसको संक्रमण रोक्न आंशिक कर्फ्यू, कर्फ्युको पालना गर्न दुतावासको अनुरोध

२०७६, १० चैत्र सोमबार १०:४०

चैत्र १०, रियाद । साउदी अरबमा मार्च २३, २०२० आज राती ७ बजे देखि लागू हुनेगरी आगामी २१ दिन सम्म साँझ ७ बजे देखि बिहान ६ बजे सम्मका लागि कर्फ्यु आदेश जारी हुने भएको छ । केहि अत्यावश्यक सेवा संचालन मात्र खुल्ने गरी लगाइने यो कर्फ्युको पूर्ण पालना गर्न साउदी अरबमा रहनु भएका नेपालीहरुमा साउदीस्थित नेपाली राजदूतावास अनुरोध गरेको छ ।

साउदीमा मार्च ०२, २०२० मा एक जनाबाट शुरु भएको भाइरसको संक्रमण तीन हप्ताको अवधिमा ५११ जनामा फैलिसकेको छ । सोमबारसम्म  नेपाली नागरिकहरुमा यो संक्रमण देखिएको नदेखिएको दुतावासले जनाएको छ । यो संक्रमण नेपाली नागरिकहरुमा हुन नदिन आउँदा दिनहरुमा समेत अत्यन्त सचेत भई कोरोना संक्रमण हुन नदिने सावधानीहरु अपनाउनुहुन दुतावासले अनुरोध गरेको छ  ।

कर्फ्युको समयमा आवास बाहिर ननिस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग  पूर्ण समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउने साथै राजदूतावासको निरन्तर सम्पर्कमा रहनुहुन दुतावासले अनुरोध गरेको छ  ।

कोरोना संक्रमणको यो कठीन परिस्थितिमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा रोगको संक्रमण रोक्न सम्बन्धी स्वास्थ्य सावधानी र साउदी सरकारको  नियम कानुन र निर्देशन पालनाको सम्बन्धमा सचेतना विस्तार गर्न आफ्नो तर्फबाट सदाझैँ मद्दत गरिदिनहुन साउदी अरबमा कृयाशिल गैर आवासीय नेपाली संघ एवं सम्पूर्ण सामाजिक संघसंस्था तथा अनलाइन समाचार माध्यमहरुलाई नेपाली राजदूतावासले अनुरोध गरेको छ  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण