२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइँदै

२०७६, १२ चैत्र बुधबार १३:०४

चैत १२, काठमाडौँ | नेपालका प्रमुख श्रम गन्तव्य मुलुकमा पनि कोभिड–१९ को सङ्क्रमण देखिएसँगै सरकारले त्यहाँ रहेका नेपाली कामदारको अवस्थाका बारेमा जानकारी लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत आज विभिन्न पाँच मुलुकका राजदूतसँग नेपाली कामदारको अवस्थाबारेमा जानकारी लिनुभएको हो । 

उहाँहरुले मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतसँग जानकारी लिनुभएको थियो । सो क्रममा मन्त्रीद्वयले कुनै पनि नेपाली श्रमिक बेरोजगार भए उनीहरुको खाना, बस्न उचित प्रबन्ध मिलाउन निर्देशन दिनुभएको श्रम मन्त्रालयले जनाएको छ । 

सरकारले सोमबार पनि विभिन्न मुलुकमा रहेका नियोग प्रमुखसँग छलफल गरी त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएको थियो । नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, दक्षिण कोरिया, ओमन र कुवेतलगायत मुलुकमा कोरोना भाइसरको सङ्क्रमण देखिइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह