२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई १ करोड सहयोग गर्ने

१३ चैत्र २०७६, बिहीबार १०:१९

चैत १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रकम जम्मा गर्ने निर्णय गरेको छ । संघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत म्यानपावर व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकम (करिब ९५ करोड) को व्याजबाट प्राप्त हुने रकम मध्ये १ करोड रुपैंया उक्त सरकारी कोषमा जम्मा गर्ने निर्णय गरिएको संघका महासचिव सुजित श्रेष्ठले साझा सबाललाई जानकारी दिए ।  

सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाएर कामदार विदेश पठाउने संख्याका आधारमा नगद र बैंक ग्यारेन्टी गरि २ करोड, ४ करोड र ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । सोहि अनुरुप  म्यानपावर कम्पनीले ४ अर्व ३३ करोड नगद धरौटी राखेका थिए । उक्त नगद धरौटी रकमको १० प्रतिशत बराबर हुन आउने रकम ९५ करोडको (हालसम्मको) २५ प्रतिशत व्याज व्यवसायिक कल्याणकारी कोषमा आउने रकमबाट नै सरकारले खडा गरेको कोषमा रकम राख्ने निर्णय गरिएको श्रेष्ठले बताए ।

चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्वमा महामारीको रुप लिइसकेको छ । विश्वका महामारीको रुपमा कोरोना संक्रमण देखिईसकेको अवस्थामा नेपालमा पनि त्यसको प्रभाव देखिएकोले कोषको रकमलाई सरकारी कोषमा गरि सरकारलाई सहोयोग गर्न लागिएको उनले बताए ।  त्यस्तै अर्को १ करोड कामदार उद्धार कोषमा पनि जम्मा गर्ने निर्णय गरिएको उनले बताए । 

चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्वमा महामारीको रुप लिइसकेको छ । विश्वका १ सय ९८ देशमा संक्रमण देखिंदा नेपालमा पनि ३ जनामा कोरोना संक्रमण देखिईसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य