२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनेबारे सर्वोच्चको यस्तो आदेश

२०७६, २५ चैत्र मंगलवार १५:४५

चैत २५, काठमाडौँ | सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेर नेपाल फर्कन इच्छुक भएमा यस्तो व्यवस्था गर्न आदेश दिएको हो । अदालतले स्वदेश फर्कनेहरूको अद्यावधिक लगत राखेर क्वारेन्टाइनमा राख्न समेत आदेश दिएको छ ।

अधिवक्ताद्वय मीना खड्का बस्नेत, मनीषकुमार श्रेष्ठ लगायतको रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले तत्काल ल्याउन सम्भव नभए सम्बन्धित देशमै खाना, बस्न र उपचारको व्यवस्था गर्नुपर्ने भनेको छ । सिमानामा अलपत्र परेका नेपालीहरूलाई तत्काल नेपाल फर्काउन सम्भव नभए लकडाउन अवधिसम्मका लागि खाने बस्ने र उपचारको यथोचित व्यवस्था गर्नुपर्ने सर्वोच्चको आदेशमा छ । 

सर्वोच्चको आदेशले भनेको छ 'विदेशमा खाना बस्न, र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरूको पहिचान गरी नेपाल फर्कन चाहने इच्छुक नेपाली नागरिकहरूलाई सम्बन्धित मुलुकसँग कुटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नू ।' सर्वोच्चले उद्दारको कार्य तत्काल सम्भव नभए निजहरूलाई तत् तत् स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रवन्ध गरी नागरिकहरूको हकहित रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्न समेत आदेश दिएको छ । 

विदेशमा रहेका नेपालीको भिसा वा राहदानीको म्याद सकिएको कारणले कुनै समस्या भए सम्बन्धित देशसँग समन्वय गरेर बसाइँ नियमित गर्न पनि अदालतको आदेश छ । 


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन विश्वजगत यतिखेर संघर्षरत छ । यो क्रममा विभिन्न देशमा रोजगार, अध्ययन र भ्रमणको क्रममा रहेका नेपालीहरु बढी प्रभावित बनेका छन् । नेपालमा लकडाउन भएपछि कयौं  नेपालीहरु त्यसको प्रत्यक्ष प्रभावमा परेका छन् ।   

सबैभन्दा बढी नेपाली रहेका देशहरु खाडी र मलेसियामा कयौं नेपालीहरुले सम्बन्धित देशमा बिभिन्न समस्या भोग्नुपरेको गुनाशो गरेका छन् । 

जति समस्या परेपनि यथास्थितिमा स्वदेश फर्कन नपाएका कारण कतिपय विदेशमा रहेका नेपालीहरुलाई आफ्नै देश परदेशजस्तै लाग्न थालेको भन्दै टिप्पणी गर्न थालेका छन् । बिभिन्न देशले नेपालमा रहेका आफ्नो नागरिक फिर्ता गराएको भन्दै समस्यामा परेका नेपालीहरुलाई समेत फिर्ता गर्न तत्परता नदेखाएको गुनाशो आईरहेका छन् ।

विदेशमा रहेका केहि युवाले सरकार आफैले उद्दार गर्न सक्दैन भने आफ्नै खर्चमा नेपाल फिर्ता हुन चाहेको र सरकारले तोकेको समयसम्म आफ्नै खर्चमा क्वारेन्टाइनमा समेत बस्न इच्छा प्रकट गरेका छन् ।

विदेशमा रहेका अधिकांशको नेपालीले आफ्नो समस्याबारे सुनाउदै तालव नपाएको र खाना खान समेत समस्या आउने स्थिति रहेको बताएका छन् भने केहिले कोरोना संक्रमणको सम्भावना र त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्, उनीहरुले यथासक्य स्वदेश फिर्ता हुन पाए विदेशको रोजगार समेत त्याग्न तयार रहेको बताएका छन् । 

खाडी मुलुकमा रहेका कयौं कामदारहरु भिसा सकिएर नेपाल आउने तयारीमा रहेका र विदा समेत लिएर नेपाल फर्कन चाहेकाहरुलाई मुख्य समस्या अहिले देखिएको छ । पहिलेदेखिनै निर्धारित रुपमा नेपाल फर्कने तयारीमा रहेकाहरुलाई यथासक्य स्वदेश फर्कन पाए हुने भन्ने छ भने कोरोनाको जोखिमकै वीच काममा जानु पर्दा सम्भावित संक्रमणको जोखिमले डराईरहेका पनि छन् । केहि देशले अवस्थालाई बुझेर भिषाको म्याद सकिएको अवस्थामा समेत नविकरण गरिदिने भनेपनि कतिपयले आफ्नै खर्चमा विदेशमा बस्नुपरेको कारण पनि समस्या हुने देखेका छन् । नेपालमा समेत लकडाउन हुँदा उनिहरुको परिवारले नेपालबाटै पैसा पठाएर भएपनि तत्कालिन समस्या समाधान गर्ने अवस्था समेत नभएको गुनाशोहरु आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध