सचिन्द्र श्रेष्ठ | चैत २८, दुबई |
कोरोना चीनको हुवेई प्रान्तबाट शुरु भएको यो महामारी रोग कोरोना भाईरस (कोभिड -१९) अहिले विश्वका अधिकाँश मुलुकहरुलाई आर्थिक, सामाजिक एबं मनोबैज्ञानिक असर पारेको छ । यसरी यस्तो भयावह स्थितिमा पनि नेपालीहरु कसरी आफ्नो काम र कर्तब्यलाई आत्मसाथ र बलिदानी पुर्बक आफ्नो सेवामा तत्पर लागी परेका छन । जहाँ अधिकांश प्रहरी, चिकित्सकले मात्र काम गरिरहेको भन्ने समाचार आइरहदा सुरक्षा गार्डले पनि आफ्नो ज्यान बाजी लगाएर काम गरेको छ । सबै कामदारलाई छुट्टी दिए पनि सुरक्षा गार्डले बिदेसमा बिशेष भूमिका निर्वाह गरेको छ तर पर्दा पछाडिको नायकको भूमिका कसरी र कस्तो भोगाई भोगेका छन् त विदेशमा रहेका सुरक्षा गार्डहरुले ? यही बिषयमा बिदेसमा रहेका नेपाली सुरक्षा गार्डको आफ्नो भोगाइ जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।

'(कोभिड-१९) का कारण ११ जना नेपालीहरुको शब युएईमा अलपत्र पर्नुले कतै आफै पनि यस्तोमा त परीदैन ? भन्ने चिन्ता रातदिन लागीरहन्छ । जसरी प्रहरी, डाक्टर यहाँ खटीएको छ, त्यसरी हामी सुरक्षा गॉर्ड पनि अरुको ख्याल गर्नको लागि लागी परेका छौं । अरुलाई यो रोग लाग्दा-लाग्दै कतै आफैलाई पनि लाग्छ की भन्ने डर हुन्छ, दिनहुँ यहाँ यो रोगको संख्या बढी रहदा आफैलाई पनि घर-परिवारको चिन्ता लागेको छ । मेरो काम संधै यहाँ काम गर्ने कामदारसँग भई रहेको हुन्छ । कमसेकम यस्तो बेला घरमा बस्न पाए केहि राहत हुने थियो की भनेर आफूलाई बिदेसिनुको बाध्यताले सधै रातभर निद्रा पर्दैन । तर पनि आफ्नो कर्तब्यलाई शिरोपर राखेर कामलाई महत्व ठानी आफ्नो भूमिका निर्बाह् गरिएको छ किनकी हामी चिकित्सक, प्रहरी नभए पनि सुरक्षागार्डले पनि सहयोग गर्न सक्छ भनेर लागी परिएको छ ।'

'लगातार १२ घन्टा काम अनि काम गर्ने ठाउँमा अनेकौं थरीका मान्छेहरुको आवत-जावत, उनीहरुको परिचय लिएर सबै जानकारी लेख्नुपर्ने, उनीहरु कति ठाउँमा गएर आएका हुन्छन कति जनाको सम्पर्कमा हुन्छन् त्यसैले तनाब छ ।
क्याम्पमा एउटा रुममा १० जना बस्नु पर्ने, त्यसमा पनि थरी-थरि ठाँउका काम गर्नेहरु बसेको हुनेगर्छ, जसका कारण महामारी यो रोग लाग्ने सम्भावना बढी देखिन्छ तर पनि आफ्नो कामलाई मध्य नजर गरी यस्तो बेलामा पनि कामलाईनाई प्राथमिकता दिनु आवस्यक देखिएको छ । आफू मरेर अरुलाई बचाउनु पर्ने खालको काम गरेको छु गर्ब लाग्छ ।'
- अर्जुन श्रेष्ठ (मकाउ, सुरक्षा गार्ड)'यहाँ भएका नेपालीहरुमा खासै भन्नुपर्दा यो रोगको डर र भय कमनै देखिन्छ, यधपि जागिर गुम्ने र नेपाल फर्कनु पर्ने चिन्ताले पिरोल्न थालेको अवस्था छ । यो चीनको विशेष प्रशासनिक क्षेत्र हो । त्यसैले यहा कुनै पनि समाचार लेख्न अथवा प्रशारण गर्न रोक छ । तर यहाँको सम्पुर्ण कारोबार पर्यटन व्यवसायसंग सम्बन्धित हुनाले अहिले सबै नाकाहरु बन्द भएका कारण सबै व्यवसाय र कारोबार ठप्प नै छ तर सुरक्षाकर्मीको जागिर धरापमा भएका कारण रोगको डर भन्दा जागीर जाने डर बढी छ । रोग फैलिन नदिन यहाँ दिनरात सतर्कतामा बिशेष ध्यान दिएको हुँदा यो रोग फैलान पाएको छैन ।'
- राजेश क्षेत्री (साउदी अरब, सुरक्षा गार्ड)'म साऊदीमा काम गर्छु ४ हजार भन्दा बढीलाई यो रोग लागेको छ । चार जना नेपालीहरु पनि यो रोगबाट संक्रमित भएका छन् । यो रोग यहीको स्थानीय तथा पाकिस्तानी, भारतीय, बंगालीलाई बड़ी देखिएको छ । हामीलाई काम गर्न गाह्रो भएको छ । जहाँतहि त्रास छ, घरमा दिनहुँ कुरा भएको छ यहाँको अवस्था बारेमा के कस्तो छ भनेर तर पनि आफ्नो ख्याल बढी राख्नु पर्दछ । २४ घण्टा लकडाउन गरेको छ, यहाँ रेस्टुरेन्ट हस्पिटल बाहेक अन्य सेवा बन्द छ । जागीर बाध्यताले खानु पर्ने अवस्था छ, छुट्टी दिएको छैन । छुट्टी दिए घर जान मन छ, परिवार एकातिर आफू एकातिर हुनु परेको यस्तो घडीमा संधै घरको याद आउने गर्दछ । अहिलेसम्म न भूकम्पको डरको अनुभूति गरिएको थियो तर यहाँ आए पछि थाहा भयो भूकम्प भन्दा ठुलो डर यो रोगको लाग्या छ ।'
- संजय धिताल (दुबई, सुरक्षा गार्ड)'गरिब निमुखा जनताको भोट लिएर नेता प्रधानमन्त्री भएर दलाल र भ्रष्टाचारीको पक्षमा काम गर्ने सरकार मुर्दावाद ! यस्तो आपत-बिपत पर्दा जवाफदेहि र जिम्मेवार निकाय निकम्मा हुनु यसैको परिणाम हो । लाल कम्रेड दलालको घरमा किन बस्छन ? किनकी लाखौँ मूल्यको मूल्यवान पलाङ अट्ने घर अरुको छैन, हामी अहिले यही नेपाल सरकारको गलत सोच, बिचार र अभिमानले बिदेसी भूमिमा पीडा लुकाई काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।'
- राजन वाग्ले (अबुधाबी, सुरक्षा गार्ड)'हामी कति अभागी छौं, संसार भरका सरकारी गैर सरकारी संस्था कोरोना बिरुद्ध लड़ीरहेको छ तर बिडम्बना हामी पशुपति नाथको भरोसामा अड़केको छौं । के हामी नेपाली साच्चै गतिलो बन्न नसकेको हो त ? अहिले हामीलाई हाम्रो परिवारको चिन्ता र परिवारलाई हाम्रो चिन्ता अहिले बढी छ । हाम्रो सरकार गैर जिम्मेवार छ, कामको सही कार्य गर्देन तर यहाँ कार्यरत देशले कानुन सरकार, स्वास्थ्य राम्रो छ । त्यसैले यहाँको चिन्ता लिनु भन्दा आफ्नै देश परिवारको सुरक्षामा ध्यान दिन सके राम्रो हो ।'
- ओमकार अखेलि (मकाउ, सुरक्षा गार्ड)'अरु राष्ट्रको तुलनामा यहाँ काम गर्न सजिलो त छ तर रोगको डर भने कम छैन । बेलैमा यहाँको संपूर्ण नाका बन्द भएको कारण रोग बढी फैलन पाएको छैन । हालसम्म ४५ जना भन्दा बढीमा देखिएको छैन तर यहाँ ब्यबसायिक क्षेत्रमा रोक लाग्नाले र समयमै सबै जनतालाई १५ दिन क्वारेनटाइनमा राखेको हुँदा यो रोग फैलान पाएको छैन । तर पनि प्राय पसलहरु बन्दनै छन् । कतिलाई सुरक्षाको हिसाबले काममा लगाएको छैन, कुनै-कुनै अति आवस्यक कामको लागी मात्र कामदार खटाएको छ । तर हामी भने सुरक्षागार्ड भएर दिनरात लागी परेका छौं तर हाम्रो कामको मूल्यांकन कही गरिएको देखिदैन ।'