२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना राहत कोषमा नौ राजदूतले एक महिनाको तलब जम्मा गर्ने

२०७६, २९ चैत्र शनिबार १६:१९

चैत्र २९, काठमाडौँ । नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब जम्मा गर्ने निर्णय गरेका छन् ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेको अवस्थामा देश र देशवासीको जीवनरक्षाका लागि आफ्नो दायित्व सम्झेर नेपाल सरकारद्वारा स्थापित कोषमा यूएई, इजरायल, इजिप्ट, पाकिस्तान, बहराइन, कतार, ओमान, कुवेत र साउदी अरेबियामा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो एक महिना बराबरको तलब जम्मा गर्ने निर्णय शनिबार गरेका हुन् ।

नेपाल सरकारद्वारा प्रमाणीकृत र सहप्रमाणीकृत गरेर यूएईमा कृष्णप्रसाद ढकाल, ओमानमा शर्मिला पराजुली ढकाल, इजरायलमा डा.अन्जान शाक्य, इजिप्टमा झविन्द्रप्रसाद अर्याल, कतारमा नारथनाथ भारद्वाज, कुवेतमा दुर्गाप्रसाद भण्डारी, पाकिस्तानमा सेवा लम्साल, बहराइनमा पदम सुन्दास र साउदी अरेबियामा प्रा.डा. महेन्द्रप्रसादसिंह राजपुत राजदूतका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण