२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र परेमा कामदारलाई उद्दारको माग सहित सर्वोच्चमा रीट दायर

३ बैशाख २०७७, बुधबार ११:४७

बैशाख ३, काठमाडौं । विदेशमा रहेका नेपाली कामदार मध्ये रोजगार गुमाएका कामदारलाई त्यहिं रोजगार दिलाउने प्रयास असफल भई अलपत्र परेमा त्यस्ता कामदारहरुको तत्काल उद्धार गर्न माग सहित सर्वोच्च अदालतमा रीट दायर भएको छ । 

बैदेशिक रोजगारको विषयमा काम गरिरहेको संस्था मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) मा आवद्घ अधिवक्ताहरु सोम लुईटेल,नरेन्द्र प्रकाश खनाल र सुदिप देबकोटाले कोरोना र बैदेशिक रोजगार बारे संयुक्त रुपमा सार्वजनिक सरोकारको रिट दर्ता गरेका हुन् ।

रीटमा भविष्यमा कोरोनाका कारण रोजगार गुमाउन सक्ने कामदारहरुलाई त्यहिका अन्य कम्पनीमा काम दिलाउन कुटनितिक नियोगहरु र श्रम सम्झौता अन्तरगतका संयन्त्रहरु परिचालन गर्ने व्यवस्थाका लागि मन्त्री  परिषदको कार्यालय समेतका नाममा आदेश जारी गरिपाउँ भन्ने माग गरिएको छ । 

यसैगरी वैदेशिक रोजगारीको क्रममा विदेशमा कोरोना भाइरसको संक्रमण भएका नेपाली कामदारहरुलाई  विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको र भेदभाव रहित स्वास्थ्य सेवाका लागि कुटनैतिक नियोगहरु परिचालन गर्ने व्यवस्थाको माग गरिएको छ । 

वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भई अलपत्र परेका नेपाली कामदारहरुको शव ल्याउन तत्काल पहल गर्न, विदेशमा रोजगारी गुमाई नेपाल आउन सक्ने कामदारको तलब लगायतका सुविधा  सम्बन्धित देशको कम्पनीबाट दिलाउन कुटनितिक नियोगको परिचालन गर्ने, त्यसरी नेपाल आएका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपुर्ति दिलाउन र पुनर्एकिकरण कार्यक्रमका लागि स्थानिय सरकारलाई परिचालन गर्ने व्यवस्थाको माग पनि रीटमा गरिएको छ ।

फर्किएका कामदारलाई लाग्न सक्ने सामाजिक लाञ्छना (विदेशबाट आउनेले कोरोना लिएर आएको हुन्छ) बाट जोगाउन जनचेतना कार्यक्रम सञ्चालन गर्न, त्यस्तो कार्यक्रम तथा सुचना सम्प्रेषण प्रसारणमा राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज, सञ्चार जगत र इजाजतपत्रवालाहरुलाई परिचालन गर्ने व्यवस्थाको माग गरिएको छ । 

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७५ (२) मा नेपाली कामदार रहेको मुलुकमा महामारीका कारण कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनितिक नियोग वा श्रम सहचारी मार्फत कामदार फिर्ता गर्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य