२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सर्वोच्चको आदेश (पूर्ण पाठ सहित)

४ बैशाख २०७७, बिहीबार १४:११

वैशाख ४, काठमाडौँ | सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट नेपालीहरुलाई तत्काल फिर्ता ल्याउन आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो ।

कोरोना भाइरसको कारण विदेशी मुलुकले आफ्ना नागरिकहरुलाई फिर्ता लगेको र विदेशबाट नेपालीले स्वदेश फर्कन हार गुहार गरेपछि सर्वोच्चले सरकारलाई अन्तरिम आदेश दिएको हो । 

सर्वोच्चको आदेशमा निवेदकले सर्वोच्चसंग माग भएको विषयलाई उठान गर्दै 'कोरोना (COVID-19) को महामारीले नेपालको अर्थतन्त्रमा ठूलो टेवा दिई वैदेशिक रोजगारीमा रहेको तर हाल रोजगार समेत गुमाई अत्यन्त जोखिम अस्वस्थ, असुरक्षित अवस्थामा रहेको नेपाली नागरिकको जीवनको हक, स्वास्थ्य उपचारको पहुचको हक, विना भेदभाव र विना स्वच्छेचारी देश फर्कन पाउने र उद्दारको हकमा समेत असर पर्न गएको अत्यन्त गम्भीर प्रश्न उठाउनु भएको देखिन्छ ।' आदेशमा अगाडी लेखिएको छ – 'आफ्नो नागरिक आफ्नो देशमा विना भेदभाव फर्किन पाउने, उच्च स्तरको मानसिक, शारीरिक, स्वास्थ्यको संरक्षणको अधिकार व्यक्तिको मानव अधिकार हो । नेपालको संविधानको धारा १६ ले सम्मानपूर्ण तरिकाले बाच्न पाउने हकको साथै संविधानको धारा १८ ले नागरिक वीच लिंग, आर्थिक, सामाजिक, धर्म, भाषा, बिचार, राजनीति, शारीरिक स्वास्थ्यको आधारमा समेत भेदभाव गर्न नहुने हकको सुनिस्चितता गरेको छ ।' उल्लेख छ । 

सर्वोच्चको आदेशले वैदेशिक रोजगार ऐनको व्यवस्थालाई समेत छुँदै नेपाली कामदार रहेको मुलुकका युद्ध, महामारी, प्राकृतिक विपत्ति पछि कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको समेत स्मरण गराएको छ । साथै फिर्ता गराउँदा क्षेतिपूर्ति दिन वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गर्न पाउने व्यवस्था गरेको समेत सुझाएको छ । 

सर्वोच्चले कोरोना फैलिएका मुलुकहरुमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको नेपाली राजदुतावास वा श्रम सहचारीमार्फत कोरोना भाइरस संक्रमित नेपाली नागरिक स्वास्थ्य स्थिति प्रतिवेदन तत्काल तयार गर्न समेत भनेको छ । साथै सर्वोच्चले जोखिममा रहेका नेपालीलाई फिर्ता ल्याउने/उद्दारको लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवार काठमाडौँलाई अन्तरिम आदेश जारी गरेको छ । 

अधिवक्ता सोमप्रसाद लुइटेलसहितले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । यसअघि पनि सर्वोच्चले विदेशमा रहेका नेपालीहरुको बारेमा सरकारको नाममा आदेश जारी गरेको थियो । यसअघि सुरक्षित गर्ने र उनीहरुको उचित व्यवस्थापनको विषयमा सोधेको सर्वोच्चले यस पटक भने उद्धार गर्न भनेको छ ।

यस्तो छ सर्वोच्चको आदेश:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य