२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानमा राजदूत ढकालको पहलमा भिडियो कन्फ्रेन्स, कोरोना संक्रमणबाट पर्न सक्ने समस्या न्यूनीकरणबारे छलफल

२०७७, ७ बैशाख आईतवार ०६:२०

बैशाख ७, काठमाडौं । ओमानस्थित सक्रृय नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग कोरोना भाइरसका कारण ओमानमा रहेका नेपाली श्रमिकहरूलाई तत्काल परेका समस्या तथा भविष्यमा आई पर्नसक्ने जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा भिडियो कन्फरेन्स आयोजना भएको छ । शुक्रबार महामहिम राजदूत शर्मिला पराजुली ढकालले सो कन्फरेन्स आयोजना गरेकी हुन् ।

उक्त छलफल कार्यक्रममा एनआरएनए ओमान तथा नेपाली सोसल क्लवका उपाध्यक्ष विकल झा, प्रवासी नेपाली एकता मञ्च ओमानका अध्यक्ष उमेश वि.क., नेपाली जनसम्पर्क समिति ओमानका अध्यक्ष शालिकराम चापागाई, ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत सहभागी रहेका थिए ।

यसैगरी भिडियो कन्फेरेन्समा तामाङ समाज ओमानका अध्यक्ष तेजप्रसाद तामाङ, मगर समाज ओमानका अध्यक्ष यमु थापा मगर, म्याग्दी प्रवासी संघ ओमानका पूर्ण विक पहाडी, तमु समाज ओमानका निकेश गुरूङ, सगरमाथा समाजका भिम निरौला, गुल्मी समाज ओमानका दुर्गा प्रसाद ढकाल, पाल्पाली समाज ओमानका नारायण खनाल, अन्तरााष्ट्रिय साहित्यिक समाजका सुशील पुन विरही, बुद्धभिजन ओमानकी लक्ष्मी तामाङ बाग्लुङ समाजका अध्यक्ष खेम खड्काथोकी र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा र श्रम सहचारी कृष्णाकुमारी गौली समेतको सहभागिता रहेको थियो ।

यस कठिन परिस्थितिमा दूतावासले आयोजना गरेको भर्चुअल कन्फेरेन्सको लागि धन्यबाद दिंदै सहभागीहरूले कोभिड–१९ का कारण तत्काल रोजगारी गुमाई खान र बस्न नपाएर समस्यामा परेका, अवैध रूपले बसेका, उपचारको आवश्यकता महशुस गरेका नेपाली श्रमिकहरूको बारेमा ओमानमा विद्यमान अवस्थाको जानकारी गराउँदै सहयोगको खाँचो भएका नेपालीहरूका लागि दूतावाससँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी सहभागीहरूसँग ओमान सरकार तथा रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकहरूप्रति पछिल्लो समय लिएको नीतिका विषयमा छलफल भयो। साथै सहभागीहरूले बन्दाबन्दीको समयपश्चात नेपाल फिर्ता जान इच्छुक नेपाली श्रमिकहरूलाई सुरक्षित तरिकाले नेपाल जाने व्यवस्था मिलाउन दूतावाससमक्ष आग्रह गरे । छलफलको क्रममा महामहिम राजदूतले भिडियो कन्फरेन्सको माध्यमबाट जोडिएका ओमानस्थित सम्पू्र्ण संघ संस्थाका प्रतिनिधिहरूलाई धन्यबाद ज्ञापन गर्दै विपदको यो घडीमा समेत आ–आफ्नो ठाउँबाट यथासक्य सहयोग गर्दै आएकोमा दूतावास परिवारको तर्फबाट कृतज्ञता व्यक्त गरिन ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरसका कारण नेपाली श्रमिकहरूलाई सुसूचित बनाइ समस्यामा परेका वा पर्न सक्ने नेपालीहरूसँग जोडिइ आवश्यक सहयोग गर्न तथा प्राप्त सूचना दूतावासमा उपलव्ध गराउन समेत अनुरोध गरे । राजदूतले नेपाली समुदायको सकारात्मक सहयोगमा विपदबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमको पूर्व तयारी, प्रतिरोधको तयारी कार्यका लागि दूतावास सक्षम हुनेछ भन्नेमा विश्वाश दिलाइन । त्यसैगरी उनले यहाँको स्थानीय सरकारले जारी गरेको सूचना तथा निर्देशनहरूको पालन गर्नसमेत सबैमा अनुरोध गरिन ।

हालसम्म ओमानमा १२८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, जसमध्ये १७६ जनाले स्वास्थ्य लाभ प्राप्त गरिसक्नु भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

 कोरोना भाइरसको कारणले ओमानमा रहेका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको टेलिफोनः २४६९६१७७र२४६९६८८३ हटलाइनहरूः७१५९२४९०र७१५३०८४० र श्रम सहचारीको नं. ७१५९२५०६ मा सम्पर्क गर्नसमेत सबैमा राजदूत पराजुलीले हार्दिक अनुरोध गरिन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण