२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरु ‘कम्पनीले बसिरहेको आवासबाट अन्यत्र लैजान खोजे सतर्क रहनुस्’

१० बैशाख २०७७, बुधबार ०४:१९

वैशाख १०, काठमाडौँ | साउदीमा मंगलबार बेलुकासम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ११, ६३१ पुगेको छ । साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमामंगलबार मात्र थप १ हजार १४७ जनामा कोरोना संक्रमण भएको छ । 

साउदीमा कूल संक्रमितहरु मध्ये हालसम्म १ हजार ६४० जना निको भएका छन् भने मंगलबार मात्र ६ जनाको मृत्यु भएको छ । साउदीमा मंगलबारसम्म १०९ जना संक्रमितको मृत्यु भएको छ । 

साउदीस्थित नेपाली दुतावासले हरेक दिन बेलुका साउदीको कोरोना अपडेटको जानकारीका साथै दुतावासमार्फत साउदी अरवमा बस्दै आएका नेपालीहरुलाई सूचना जारी गर्दै आएको छ । यसक्रममा मंगलबार साँझ पनि साउदीस्थित दुतावासले नेपालीहरुलाई सूचना जारी गरेको छ । 

साउदी स्थित नेपाली दुतावासको अनुसार कोरोना संक्रमण नियन्त्रणका सन्दर्भमा साउदी सरकारले विभिन्न तारे होटलहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न शुरू गरेपछि तारे होटलहरुमा कार्यरत कतिपय नेपालीहरुले ती होटलमा काम गर्न नसक्ने भनी राजदूतावासमा गुनासो गरेको जनाएको छ । दुतावासले नेपालीहरुले गरेको गुनासो सम्बन्धमा होटलको व्यवस्थापनसँग कुराकानी गरिएको जनाएको छ । 

दुतावासले होटलहरुसँग नेपालीको सुरक्षाको विषयमा कुरा उठाउँदा सम्बन्धित होटलहरुले काम गर्ने सबैको सुरक्षाका लागि होटलले सरकारको निगरानी र निर्देशन अनुसार सावधानीका आवश्यक उपायहरु अवलम्वन गरेको र कुनै समस्या नभएको जानकारी दिएको दुतावासले जनाएको छ । 

साउदीस्थित दुतावासले साउदीमा रहेका र समस्यामा परेका नेपालीहरुलाई आफूले गर्ने काम सम्बन्धी समस्याहरूलाई प्रष्ट रुपमा व्यवस्थापनसँग राख्नुहुन र सुरक्षाका सबै उपायहरुलाई अवलम्वन गर्दै कार्य गर्न नेपाली समुदायमा अनुरोध गरेको छ ।

त्यस्तै दुतावासले जारी गरेको सूचनामा भनेको छ 'कोरोना भाइरसको संक्रमणको वर्तमान अवस्था अत्यन्त संवेदनशील र गम्भीर सावधानी अपनाउनुपर्ने प्रकारको भएकाले कुनैपनि अवस्था, रोजगारदाताले देखाउने सुविधा सम्बन्धी अवसरवादी प्रस्ताव वा जबरजस्तीलाई वास्ता नगरी आफू जहाँ हुनुहुन्छ सोही आवासमा रहनुहुन नेपाल राजदूतावास पुनः अनुरोध गर्दछ । कम्पनीले जुनसुकै वहानामा बसिरहेको आवासबाट अन्यत्र लैजान खोजेमा सो स्वीकार नगर्नुहुन अनुरोध छ । जानुपर्ने विश्वसनीय आधार भएमा चालकको भरमा मात्र नभई कम्पनीको प्रतिनिधिको साथमा मात्र जानुहुन अनुरोध छ ।' दुतावासले यसका लागि थप सहयोग आवश्यक परेमा प्रहरीको नं ९९९ मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य