२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरु ‘कम्पनीले बसिरहेको आवासबाट अन्यत्र लैजान खोजे सतर्क रहनुस्’

२०७७, १० बैशाख बुधबार ०४:१९

वैशाख १०, काठमाडौँ | साउदीमा मंगलबार बेलुकासम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ११, ६३१ पुगेको छ । साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमामंगलबार मात्र थप १ हजार १४७ जनामा कोरोना संक्रमण भएको छ । 

साउदीमा कूल संक्रमितहरु मध्ये हालसम्म १ हजार ६४० जना निको भएका छन् भने मंगलबार मात्र ६ जनाको मृत्यु भएको छ । साउदीमा मंगलबारसम्म १०९ जना संक्रमितको मृत्यु भएको छ । 

साउदीस्थित नेपाली दुतावासले हरेक दिन बेलुका साउदीको कोरोना अपडेटको जानकारीका साथै दुतावासमार्फत साउदी अरवमा बस्दै आएका नेपालीहरुलाई सूचना जारी गर्दै आएको छ । यसक्रममा मंगलबार साँझ पनि साउदीस्थित दुतावासले नेपालीहरुलाई सूचना जारी गरेको छ । 

साउदी स्थित नेपाली दुतावासको अनुसार कोरोना संक्रमण नियन्त्रणका सन्दर्भमा साउदी सरकारले विभिन्न तारे होटलहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न शुरू गरेपछि तारे होटलहरुमा कार्यरत कतिपय नेपालीहरुले ती होटलमा काम गर्न नसक्ने भनी राजदूतावासमा गुनासो गरेको जनाएको छ । दुतावासले नेपालीहरुले गरेको गुनासो सम्बन्धमा होटलको व्यवस्थापनसँग कुराकानी गरिएको जनाएको छ । 

दुतावासले होटलहरुसँग नेपालीको सुरक्षाको विषयमा कुरा उठाउँदा सम्बन्धित होटलहरुले काम गर्ने सबैको सुरक्षाका लागि होटलले सरकारको निगरानी र निर्देशन अनुसार सावधानीका आवश्यक उपायहरु अवलम्वन गरेको र कुनै समस्या नभएको जानकारी दिएको दुतावासले जनाएको छ । 

साउदीस्थित दुतावासले साउदीमा रहेका र समस्यामा परेका नेपालीहरुलाई आफूले गर्ने काम सम्बन्धी समस्याहरूलाई प्रष्ट रुपमा व्यवस्थापनसँग राख्नुहुन र सुरक्षाका सबै उपायहरुलाई अवलम्वन गर्दै कार्य गर्न नेपाली समुदायमा अनुरोध गरेको छ ।

त्यस्तै दुतावासले जारी गरेको सूचनामा भनेको छ 'कोरोना भाइरसको संक्रमणको वर्तमान अवस्था अत्यन्त संवेदनशील र गम्भीर सावधानी अपनाउनुपर्ने प्रकारको भएकाले कुनैपनि अवस्था, रोजगारदाताले देखाउने सुविधा सम्बन्धी अवसरवादी प्रस्ताव वा जबरजस्तीलाई वास्ता नगरी आफू जहाँ हुनुहुन्छ सोही आवासमा रहनुहुन नेपाल राजदूतावास पुनः अनुरोध गर्दछ । कम्पनीले जुनसुकै वहानामा बसिरहेको आवासबाट अन्यत्र लैजान खोजेमा सो स्वीकार नगर्नुहुन अनुरोध छ । जानुपर्ने विश्वसनीय आधार भएमा चालकको भरमा मात्र नभई कम्पनीको प्रतिनिधिको साथमा मात्र जानुहुन अनुरोध छ ।' दुतावासले यसका लागि थप सहयोग आवश्यक परेमा प्रहरीको नं ९९९ मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ