२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

२०७७, ११ बैशाख बिहीबार ०४:२८

जीवन खत्री | वैशाख ११, सउल |  कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् । 

दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो  । कोरियामा महामारी फैलिएको बखतदेखि नै दैनिक जीवनयापन गर्न सहज होस् भनी आफ्नो नागरिकलाई प्रान्तीय सरकारले एक  लाख कोरियाली वन राहतस्वरुप दिँदै आएको थियो ।

अबदेखि उक्त राहत एफ छ र एफ ट प्रवेशाज्ञा भएका विदेशीलाई पनि दिने निर्णय गरिएको हो । निर्णयानुसार एफ छ र एफ ट प्रवेशाज्ञा भएका नेपालीले पनि अब उक्त राहत पाउने छन् । यसअघि कर विदेशीसँग पनि लिने तर राहत बाँड्ने बेलामा भेदभाव गरेको भनी प्रान्त सरकारले बाँड्ने राहत विदेशलाई पनि दिनुपर्छ भन्दै हस्तारक्षर संकलन गरिएको थियो । तीन हप्तामा १४ हजार हस्ताक्षर प्रान्तीय सरकारको सरकारी वेबसाइट जम्मा भएको थियो । तथ्यांकानुसार ख्याङ्गिदो प्रान्तमा ६० हजारभन्दा बढी स्थायी तथा ४८ हजारभन्दा बढी वैवाहिक प्रवेशाज्ञामा बसेका विदेशी नागरिक छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण