बैशाख १३, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी दलबीर भण्डारीले आफ्नो गृहनगर ढोरपाटन नगरपालिकालाई मास्क सहयोग गरेका छन् । राजधानीको सामाखुसी टाउनप्लानिङस्थित एडभान्स म्यानेजमेण्ट ग्रुपका सञ्चालक भण्डारीले शुक्रबार नगरपालिकाका मेयर देवकुमार नेपालीलाई १ हजार थान मास्क हस्तान्तरण गरेका हुन् ।

उक्त मास्क नगरपालिकामार्फत गरिब तथा विपन्नवर्गका जनतालाई वितरण हुने आफुले अपेक्षा गरेको युवा व्यवसायी भण्डारीले बताए । सो अवसरमा ढोरपाटन नगरलाई स्वच्छ र स्वस्थ राख्ने अभियानमा मास्क उपलब्ध गराएर सहयोग गरेकोमा मेयर नेपालीले व्यवसायी भण्डारीप्रति आभार प्रकट गरे । मेयर नेपालीको कार्यकक्षमा मास्क हस्तान्तरण गर्दा उपमेयर कर्मती पुनको पनि उपस्थिति थियो ।