२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म्यानपावर व्यवसायीले ठग र दलालको तक्मा भिरेर यो देशको बेरोजगारी समस्या हल गरि दिनुपर्ने ?’

२०७७, १५ बैशाख सोमबार १३:४३

बैशाख १५, काठमाडौं । वैदेशिक रोजगार व्यवसायीका जायज माग सम्बोधन गर्नका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्काल सरकारसंग निर्णायक वार्ता गर्न संघ निवर्तमान अध्यक्ष रोहन गुरुङले माग गरेका छन् । साझा सबाल मिडिया मार्फत संघका अध्यक्ष बिष्णु गैह्रेलाई पत्र लेख्दै निवर्तमान अध्यक्ष गुरुङले कोरोना महामारीको कारण बन्द रहेको वैदेशिक  रोजगार अब कसरी सुचारु गर्ने सोचमा राज्यसग गरिएको संवादको अवस्थाबारे जानकारी गराउन माग गरेका छन् ।

व्यवसायीले लामो समय देखि उठाएका मागहरु सरकारबाट सम्बोधन हुदैनन् भने अब वैदेशिक रोजगार पुनः सुचारु गर्न आवश्यक नभएको भन्दै गुरुङ्गले व्यवसायीले राखेको धरौटी तत्काल फिर्ता गर्न लगाउने निर्णय गर्न तपाईंको नेतृत्व तयारी हो कि भन्दै प्रश्न गरेका छन् । व्यवसायीका सान्दर्भिक माग सम्बोधनका लागि संघले विशेष पहल गर्न संघका अध्यक्ष बिष्णु गैह्रेलाई गुरुङले ध्यानाकर्षण गराएका छन् । गुरुङले दश हजारको रसिद थमाएर ठगको तक्मा भिर्न बाद्य भएर अफिस खोल्ने की ? लिएको पैसाको(सेवा शुल्क) रसिद दिन मिल्ने नियम कानुन परिमार्जन गरेर व्यवसाय गर्ने भन्दै अध्यक्ष गैह्रेलाई पत्र लेखेका छन् । 

संघका अध्यक्ष गैह्रेलाई गुरुङ्गले लेखेको पत्र 


श्री अध्यक्ष

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ ।

काठमाडौं ।

कोरोना भाइरसको कारण रोकिएको दक्षिण कोरिया रोजगारी मिति २०७७ बैशाख १४ गते नेपाल सरकारले  सुचारु गर्ने निर्णय गरेको विभिन्न अनलाइन मिडिया मार्फत  जानकारी भयो । देशको बेरोजगारी समस्या हल गर्न करिब ३३ बर्ष देखी म्यानपावार व्यावसायिहरु क्रियाशिल रहदै  बार्शिक करिब ५ लाख युवाहरुलाई वैदेशिक रोजगारको अबसर जुटाउंदै ८ खर्ब रेमिट्यान्स भित्र्याउने कार्यमा सहयोगी बन्दै आएको यहा जानकार नै हुनुहुन्छ ।

वैदेशिक रोजगार व्यवसायीको योगदानलाई आम नागरिक र सरकार सकारात्मक रूपमा लिन  चाहदैनन् । यसको प्रमुख कारण जबर्जस्ति लादिएको अब्यबहारिक नीति नियमको कारण देखिन आउने अपारदर्शी लेनदेन र गन्तव्य मुलुकमा कामदारलाई पर्ने समस्याको निराकरण गर्न बनेको कमजोर संयन्त्रको कारण पनि होला ।

व्यवसायी माथि लाग्ने अनावश्यक आरोपको अन्त्य गर्न  म संघमा अध्यक्ष हुँदा प्रयत्नशिल रहें तर दुर्भाग्य बस् नै भन्नु पर्छ मेरो कार्यकालमा आफ्नै विभागीय मन्त्रीले केही मजदुर संगठन, एन.जि.ओ, आइ.एन.जि.ओहरुको उक्साहटमा मलेसिया,मरिसस, कतार, जि टु जि गरि व्यवसायीलाई बिस्थापित गर्ने उद्देश्यको बिरुद्ध जुध्न धेरै समय  बिताउनु पर्‍यो ।

बन्द भएको मलेसिया रोजगारी सुचारु गर्न अर्को तनावपुर्ण र बिबाद झेल्नु पर्‍यो ।

धरौटी वृद्धिको बिरुद्धमा अर्को द्वन्द्वात्मक प्रमुख एजेन्डा बनाएर भिडनु पर्‍यो  । जापान जि.टु. जि को निर्णय रोक्न सकिएन र गलत निर्णयको कारण आज हजारौं नेपालीले जापान रोजगारी गुमाइ रहेको हामी सबैले देखीरहेका छौं ।

तपाईं प्रचण्ड बहुमत सहित संघको अध्यक्ष पदमा निर्वाचित  हुनु भएको ८ महिना भएको रहेछ । निर्वाचको दौरानमा तपाईले व्यवसायीलाई गर्नु भएका धेरै कमिटमेन्टहरु पुरा गर्न लागि रहनु भए कै होला। कोरोना भाइरसको महामारीले स्थिती थप चुनौतीपुर्ण बनेको देखिन्छ तर तपाईंले यो समयलाई अवसरको रूपमा परिणत गर्न सक्नुपर्छ । निवर्तमान अध्यक्ष मात्र नभई व्यावसायी समेत भएको नाताले तपाईंसग केहि प्रश्न र अनुरोध गर्न चाहन्छु । गम्भीर भएर सकारात्मक रूपमा लिनुहोला ।

प्रश्नहरु:

(१) कोरोना महामारीको कारण बन्द रहेको बैदेशिक रोजगार अब कसरी सुचारु गर्ने सोचमा राज्यसंग कस्तो सम्बादको तयारी गर्दै हुनुहुन्छ ?

(क) फ्री भिसाको नियमलाई  संरक्षण गरेर ? कि लथालिङ्ग अवस्थामा छोडेर ?

(ख) दिदै नदिएको टिकट कागजमा मात्र फ्री लेखेर ? कि टिकट नदिए टिकट काटेर जान मिल्ने नियम संसोधन गरेर ?

(ग) दश हजारको रसिद थमाएर ठगको तक्मा भिर्न बाध्य भएर अफिस खोल्ने ? कि लिएको पैसाको (सेवा शुल्क) रसिद दिन मिल्ने नियम  कानुन परिमार्जन गरेर ???

(घ) कामदारको दायित्व र जिम्मेवारी तोकेर? कि जहिले पनि व्यवसायी नै गलत हुने नियम कानुन भित्र नै रहेर ?

(ङ) सय जनाको समस्या तत्काल अध्यादेश ल्याएर  ? कि नआइकन ?

(ङ) सरकारबाट कुनै राहत पाएर ? कि नपाइकन ?

(च) राखिएको नगद धरौटी केही वर्षलाई फिर्ता लिएर ? कि अफिस भाडा र स्टाफ तलब तिर्न नसक्ने भएर ?

वैदेशिक रोजगार आवस्यक छैन, म्यानपावर सबै ठग हुन, नेपाली युवा विदेश जान हुदैन, देश विकासको लागि युवा देशमा रोकिनु पर्छ भन्ने आम नागरिक, वुद्धिजीवी,राज्य सबैलाई लागेको हो ? यदि हो भने मौका यहि हो अब उप्रान्त बैदेशिक रोजगारमा जान कुनै नेपालीलाई श्रम स्वीकृति नदिने र बैदेशिक रोजगार विभाग/ कार्यलय खारेज गर्ने गरि सबै लाग्नुस ।

अध्यक्ष ज्यू ,

संक्षिप्तमा :१) व्यावसायीका मागहरु पुरा गर्न  सबै राजनितिक दल, ( विशेष गरि काङ्ग्रेस ) नेपाल सरकार लाई अनुरोध गरि सम्सोधन/ परिमार्जन गरेर मात्र सुचारु गर्न संघ कार्यसमितिले निर्णय गर्न सक्ने कि नसक्ने ?

२) यदि व्यवसायीले लामो समय देखि उठाएका मागहरु सरकारबाट सम्बोधन हुदैनन् भने वैदेशिक रोजगार पुनः सुचारु गर्न आवश्यक छैन र राखिएको धरौटी तत्काल फिर्ता गर्न लगाउने निर्णय गर्न तपाईंको नेतृत्व तयारी हो कि ? होइन ? त्यही पुरानो बाजा गाजा सहित ठगीको रथमा सवार दुलाह राजा बनेर केही महिना पछि अफिस खोल्न जानू पर्ने हो ? कि इज्जतका साथ काम गर्ने वाताबरण बनेर मात्र अफिस खोल्ने ?

संघको निर्वाचनको क्रममा संसद  रोकेर भए पनि व्यवसायीको माग सम्बोधन गर्न लगाउछु भन्नु भएका माननिय नेता बालकृस्ण खांड,पुर्ब श्रममन्त्री रमेश लेखक, पुर्व स्वास्थमन्त्री माननीय गगन थापा,नेता शेखर कोइराला जस्ता अग्रजहरुसंग सहयोग र अनुरोध गरेर अब वारपार गर्नुस् ।

ठग र दलालको तक्मा भिरेर यो देशको बेरोजगारी समस्या हल गरि दिनुपर्ने ? अब म लगाएत अधिकांस व्यवसायीमा सामर्थ्य र सहन शक्ति टुटिसकेको छ ,हामी थाकी सकेका छौं । नीतिगत सुधार हुदैन र गर्न सक्नु हुन्न भने हाम्रो धरौटी तत्काल फिर्ता दिलाई सहयोग गरि दिनुस्, हामी अरु नै व्यवसाय तिर लाग्नेछौं । ठगको तक्मा भिरेर निरन्तर यस्तै अवस्थामा काम गर्न चाहने कोहि व्यवसायी हुनुहुन्छ भने त्यो वहाँहरुको इच्छा हो, हामीलाई केही भन्नू छैन । धन्यवाद

रोहन गुरुङ

संचालक टप जब्स प्रा. लि.

काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण