२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो, दुतावासद्वारा यस्तो अपिल

२२ बैशाख २०७७, सोमबार ०२:३२

वैशाख २२, काठमाडौँ | कुवेतमा थप ९ जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ ।

कुवेत स्थित नेपाली दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ ।

कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले भनेको छ ।

दुतावासले कुवेतमा रहेका नेपालीहरुलाई समस्याहरु यथावत रहेमा दूतावासको टेलिफोन नम्बर, हटलाइन तथा इमेलका माध्यमद्वारा सम्पर्क राखी समस्याबारे जानकारी गराउन सकिने जनाएको छ । जसको लागि दुतावासले टेलिफोन नम्बरहरू २५३२१६०३, २५३२१६०४ र २५३२१६०५ जारी गरेको छ भने हटलाइन नम्बर ९८८६९१२१ जारी गरेको छ । 

दुतावासको पछिल्लो विज्ञप्ति अनुसार कुवेतमा रहेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद तथा अन्य संघसंस्थाले पनि दुखः कष्टमा परेका नेपालीहरूलार्इ सकेसम्म सहयोग पुर्याउँदै आएको सन्दर्भमा ती कार्यहरूको सराहना गर्दै यसको प्रभावकारिता र पहुँच विस्तारको लागि आवश्यक समन्वय र सहजीकरण गर्ने कार्यमा दूतावास निरन्तर क्रियाशील रहने जनाएको छ ।

दुतावासले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएतापनि यसको संक्रमणबाट निको हुनेको संख्या पनि बढ्दै गएको भन्दै यो रोगबाट भयभित नभर्इ, दृढ साहस र उच्च मनोबलका साथ सजग, सचेत एवं सुरक्षित रहन एवं निराधार हल्लाको पछि नलाग्न समेत नेपालीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य