वैशाख २३, काठमाडौँ | मलेसिया स्थित नेपाली दुतावासले मलेसियामा रहेका नेपालीहरुलाई आ-आफ्नो विवरण भर्न अनुरोध गर्दै सूचना जारी गरेको छ । दुतावासको सूचना अनुसार त्यहाँ रहेका नेपालीहरुले आफ्नो विवरण आफैले भरेर पठाउन सक्ने भएका छन् ।
विवरण भर्दा आफ्नो नाम, जन्ममिति, आफ्नो राहदानी नम्वर, नेपालको स्थाई ठेगाना, नेपालमा आफ्नो घरको सम्पर्क नम्बर, नजिकको नातेदारको सम्पर्क नम्वर भर्नुपर्ने हुन्छ । त्यस्तै मलेसियामा तपाई हाल कुन राज्यमा हुनुहुन्छ ? त्यसको विवरण, सम्पर्क नम्वर, आफू मलेसियामा बस्दै गरेको भिषाको किसिम तथा त्यसको विवरण, को मार्फत मलेसिया आएको हो त्यसको विवरण, वैदेशिक रोजगारीका लागि कति रकम म्यानपावर कम्पनी वा एजेन्टलाई बुझाएको हो सोको विवरण, आफू कार्यरत कम्पनीको विवरण तथा पारिश्रमिक विवरण, आफ्नो रोजगारीको अवस्थाको विवरण समेत भर्नुपर्ने हुन्छ ।
त्यस्तै फारममा नेपाल फर्कन चाहनु भए/नभएको विवरण तथा त्यसको कारण समेत खुलाउनुपर्ने हुन्छ ।
मलेसियामा रहनु भएका नेपाली नागरिकहरुले अनिवार्य रूपमा आफ्ना विवरण प्रदान गर्न तल दिईएको सबै विवरण भरेर तल Submit बटनमा क्लिक गर्नुहोस ।