२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा तत्काल उद्धार गर्नुपर्ने एक लाख २७ हजार तर अन्तर्राष्ट्रिय हवाई उडान जेठ १८ सम्म बन्द

२०७७, २४ बैशाख बुधबार ०९:४९

वैशाख २४, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका करिब एक लाख २७ हजार नेपाली नागरिक तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिएका छन्  । बुधबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले विभिन्न मुलुकमा रहेका करिब एक लाख २७ हजार नेपाली तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको बताएका हुन् । 

मलेसिया, कतार, साउदी अरब, बहरान, ओमान, कुवेतलगायतमा अप्ठेरो अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउनका लागि पूर्वतयारी भइरहेको निर्देशक श्रेष्ठले जानकारी दिएका छन् । वोर्डले विदेशस्थित कुटनीतिक नियोग मार्फत विवरण संकलन गरि अध्ययन प्रतिवेदन तयार गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश उनले साझा सबाललाई जानकारी दिए । 

कोभिड भाइरसको कारणले विभिन्न मुलुकमा रोजगारी गुमाएर फर्किने नेपालीको संख्या चार लाख ७ हजारको हाराहारीमा रहेको आँकलन गरिएको उनले बताए । लकडाउन खुल्ने तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आए लगत्तै उनीहरु नेपाल फर्कन तयार रहेका उनले बताए ।

अन्तर्राष्ट्रिय हवाई उडान जेठ १८ गतेसम्म बन्द

विदेशबाट तत्काल उद्धार गरेर नेपाल ल्याउनुपर्ने भएपनि उनीहरु तत्काल नेपाल आउनसक्ने अवस्था देखिएको छैन । यसैविच सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ