वैशाख २७, काठमाडौँ | युएईमा एकैदिन २२ जना नेपालीमा कोरोना संक्रमण फेला परेको छ । युएईको शारजहामा एकैदिन यत्रो शंख्यामा नेपाली कामदारहरुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएका हुन् । संक्रमित हुने सबै महिला रहेका छन् ।
शारजहाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड-१९ पोजिटिभ देखिएको थियो । जसमध्ये २२ जना नेपाली महिला कामदारहरुमा कोरोना पोजेटिभ भेटिएको हो । संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ । संक्रमित भेटिएका कम्पनीमा सयको हाराहारीमा नेपाली महिला कामदारहरु कार्यरत रहेका छन् । उनीहरु विभिन्न कार्यालयहरुमा हाउस किपिङको काम गर्दै आएका छन् । जसमध्ये केहि ड्युटीमा जान्छन् भने केहि घरमै बेतलबी बिदामा बस्दै आएका छन् ।
हालसम्म युएईमा एकसय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएर फर्किएका छन् भने ६ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।