बैशाख ३१, काठमाडौं । सरकारले वैदेशिक रोजगारमा गएकाहरुलाई तत्काल स्वदेश नफर्काउने भएको छ । बुधबार प्रतिनीधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै अर्थमन्त्री युवराज खतिवडाले बाहिर बसेकाहरु फर्कन चाहन्छन् भने त्यसका लागि बृहत छलफल गर्नुपर्ने बताए ।
अहिले संक्रमणबाट जोगिन सीमा रक्षा गर्नुपर्ने समयमा मान्छे लाने र ल्याउने काम गर्न नसकिने उनले बताए । सरकारले नै अहिले जो जो जहाँ छन् त्यहीँ सहज बसोबासका लागि सम्बन्धित देशको प्रमुखसँग बारम्बार आह्वान गरेको गरेको छ उनले भने 'कूटनीतिक नियोगबाट पनि उनीहरुको हेरचाह हुन्छ. खानपानमा समस्या भए अर्थ मन्त्रालय समेत बजेट दिन तयार छ ।'
सरकारले अन्तराष्ट्रिय हवाई उडान जेठ १८ गतेसम्म बन्द गरेको छ जसका कारण हाल वैदेशिक रोजगारीमा गएर समस्यामा परेकाहरु कहिले नेपाल फर्कन पाइएला भनेर कुरिरहेका छन् ।
तर उनीहरुको लागि सरकारले विशेष पहल गरि स्वदेश ल्याउनुपर्ने आवाज उठेको बेलामा अर्थमन्त्रीको यो भनाईले विदेशमा रहेका नेपालीहरु थप आक्रोशित बनेका छन् ।