२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार ब्यवसायीले गुहारे गाउँपालिका अध्यक्ष

२०७७, १ जेष्ठ बिहीबार ०६:२८

जेठ १, काठमाडौं । नेपालको कृषियोग्य भूमिको विवरण तयार गरि सार्वजनिक गर्न पालिकाहरुलाई वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङले आग्रह गरेका छन् । आधुनिक कृषिमा लगानी गरौँ, भोको र अनिकाल बाट बचौं भन्दै गुरुङले सामाजिक संजालमा लेखेका छन् 'आधुनिक कृषीको लागि लागानी कर्तालाई गाउँमा स्वागत गर्न डिटेल दिनुस्, वेब साइटमा हेर्न लगाउनुस।' 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष समेत रहेका गुरुङले बाँझो रहेका जमिनको विवरणका साथै खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउन आवश्यक विवरण तयार गर्न गाउँपालिकाहरुलाई सुझाव दिएका छन् । वैदेशिक रोजगारबाट आउने ८ खर्ब रेमिट्यान्स घट्ने र भारतबाट किनेर खान बिदेशी मुद्रा नहुनेहुँदा सामान आयात गर्न नसकिने भन्दै उनले आधुनिक कृषिमा लगानी गर्नुपर्ने बेला आएको बताए ।

Recruitment agencies challenge government to implement Malaysia …

श्री गाउँपालिका अध्यक्ष ज्युहरु।

कोरोना महामारीको कारण विश्व र्थतन्त्र समस्यामा परिरहेको यहाहरु सबै जानकार हुनुहुन्छ। यो बेला नेपालको अधिकांस उधोग ब्यबसाय सुस्ताए पनि मानिसलाई नभई नहुने खाध्यान्नको कारोबार राम्रो नै चलेको देखिन्छ ।

नेपाली बजारमा अपुग भएर हो वा ब्यवस्थापनको कमजोरीले हो, डेढ महिना लकडाउनकाे समयमा करिब ४ अर्बको तरकारी भारतबाट नेपाल आयात गरेको समाचारले यहि फेसबुक मार्फत तपाईंहरु लाई केही बिसय अनुरोध गर्न बाध्य भएं ।

मलाई थाहा भए सम्म संघीय सरकारको ब्यबस्था भए पछी साबिकको  गा. बि. स लाई वडामा परिवर्तन गरि करिब  ८-१२ वडाको एक गाउँ पालिका कायम गरिएको देखिन्छ । एक वडामा बढीमा ५००-७००  घरधुरी होलान, मतलब एक गाउ पालिकामा करिब ६/७  हजार घरधुरी रहने देखिन्छ । जनसंख्याको हिसाबले एक घरमा करिब ४/५ जनाको हिसाब गर्दा २४/३५ हजार जनसंख्या एक गाउँपालिका मा हुन आउँदछ।

अध्यक्ष ज्युहरु लाई हार्दिक अनुरोध :

१) तपाईको गाउँ पालिकामा श्रम गर्न सक्ने कति मानिस छन।

२) कुल जमिनको क्षेत्रफल कति ,माटाे परिक्षण गरि कुन कुन बाली कहाँ उत्पादन गर्न मिल्ने तथ्यांक भए / नभएको ,खेती योग्य जमिन रोपनीको हिसाबले के कति क्षेत्रफल रहेको छ ।

३) कुल उत्पादन कति र बढी भइ गाउँमा बिक्री हुन नसक्ने फलफुल, तरकारी र अन्य खाध्यान्न के र कति परिमाणमा छन, हाल बिक्रीको अवस्था ।

४) सिचाइको सुबिधा,टयाकटर प्रयोग गरि जमिन जोत्न सक्ने जमिनको क्षेत्रफल,उत्पादित खाद्यान्नको ढुवानी गर्न मोटरेबल  बाटो भए/ नभएको ।

५) उत्पादनको प्रचुर सम्भावना भएको नगदे बाली ।

६) पशु पंक्षि पालान, मत्स्य पालानको सम्भावना ।

७) जमिन एकीकृत गरि सामुहिक आधुनिक कृषि गर्न स्थानीय जनता इच्छूक भए/ नभएको ।भएको भए कुल जमिनको क्षेत्रफल के कति ।

८) कम्पोस्ट मल उत्पादन गर्न पात पतिङगर संकलनको लागि नजिकै सामुहिक बन भए नभएको ।

९) प्रमुख शहर /सदरमुकाम मोटर बाट पुग्न लाग्ने समय र  दुरि।

अन्य ।

कृपया आ-आफ्नो गाउँपालिकाको वेब साइटमा राख्नु भएको छैन भने राखी दिनुहोला । आधुनिक कृषीको लागि लागानी कर्तालाई गाउँमा स्वागत गर्दा डिटेल दिनुस्, वेब साइटमा हेर्न लगाउनुस। वैदेशिक रोजगारबाट आउने ८ खर्ब रेमिट्यान्स अब घटदैछ । भारतबाट  किनेर खान बिदेशी मुद्रा नहुने हुदा सामान आयात गर्न सकिन्न । आधुनिक कृषिमा लगानी गरौँ,भोको र अनिकाल बाट बचौं ।

धन्यवाद ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा