२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदार र बिद्यार्थी बोकेर उड्यो बिमान, नेपाल एयरपोर्टमा चहलपहल (भिडियो)

२०७७, २ जेष्ठ शुक्रबार १७:५३

जेठ २, काठमाडौँ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल' जारी लकडाउनको कारण सुनसान छ । कोरोना भाइरस विश्वभरी नै महामारीको रुपमा फैलिएपछि त्रासका कारण नेपाल सरकारले सबै देशबाट आउने नेपाली तथा विदेसीलाई आगमनमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको हो । सामान्य अवस्थामा दैनिक २० देखि २५ हजारसम्म कारोबार गर्ने विमानस्थल परिसरका पसलहरु पनि खुलेका छैनन् । 

शुक्रबार बेलुका भने बिमानस्थलमा केहीबेर चहलपहल देखियो । दुई सयभन्दा बढी विदेश उड्ने यात्रू र उनीहरुको आफन्तहरुको बाक्लो उपश्थिति थियो । 

यो दृश्य शुक्रबार बिमानस्थलको हो । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान भरेको छ ।

भिडियो हेर्नुहोस् 


उक्त चार्टर्ड विमानमा जारी लकडाउनको कारण नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थीहरु रहेका छन् । निगमको वाइडबडी जहाज आज राति साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उडेको छ । आज राति उडान भरेको उक्त विमानले करिव साढे ७ घण्टाको उडानपछि जापानको नारितामा रहेको टर्मिनल २ मा अवतरण गर्नेछ । 

निगमको नारिता चार्टर्ड उडान दोस्रोपटक हो । यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो । निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ । आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्दैछ । 

आज उडेको चार्टर्ड जहाज भोली जापानबाट रित्तै काठमाडौँ फिर्ता हुनेछ । साथै आगामी थप दुईवटै चार्टर्ड उडान पनि नेपाल फर्कँदा रित्तै हुनेछन् । 


आज जापान उडेको निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ । उडानको लागि ट्राभल्सले यात्रुहरुबाट प्रति यात्रु १ लाख ४४ हजारदेखि १ लाख ६० हजारसम्म हवाई भाडा लिएको यात्रूहरुले जानकारी दिएका छन् ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा सुरू गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ । 

कोरोना महामारीको कारण यतिखेर बिभिन्न देशमा नेपालीहरु बिमानस्थल खुल्ने आशामा छन् । सरकारले आन्तरिक तथा वाह्य हवाई उडानहरु बन्द गरेको कारण समस्यामा परेका नेपालीहरु समेत नेपाल आउन पाएका छैनन | बिभिन्न देशमा रोकिएका झन्डै ५ लाख नेपालीहरुले आफूहरु नेपाल आउन चाहेको इच्छा प्रकट गरेका छन् । सरकारले तत्काल ल्याउनुपर्ने नेपालीहरुको शंख्या २ लाखको हाराहारीमा भएको अनुमान गरेको छ । प्राथमिकताको आधारमा नेपालीहरुलाई नेपाल ल्याई व्यवस्थापन गर्ने सरकारले बताएको भएपनि कुनै निर्णय लिन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण