२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा रहेका नेपालीहरुको समस्या सम्बोधन गर्न दुतावास तत्पर छ : राजदुत, भण्डारी

२०७७, ३ जेष्ठ शनिबार ०८:३५

मनोज पराजुली । जेठ ३, काठमाडौं । कुवेतामा रहेका नेपालीको समस्या सम्बोधन गर्नका लागि कुवेतस्थित नेपाली दुतावास सक्रिय रहेको राजदुत दुर्गा भण्डारीले बताएका छन् । साझा सबालसंग कुराकानी गर्दै राजदुत भण्डारीले कोरोना महामारीका कारण विश्व नै लकडाउनको अवस्थामा रहेको बेला कुवेतमा रहेका नेपालीहरुको समस्या सम्बोधन गर्न कुनै कसुर बाँकि नराखेको दावी गरेका छन् ।

नेपालबाट वैधानिक रुपमा श्रम स्वीकृति लिएर कुवेतमा गएकाहरुको संख्या ७० हजार रहेको छ त्यो बाहेक ५ देखि ७ हजार नेपालीहरु अवैधानिक रुपमा बसेको हुनसक्ने कुवेत सरकारले बताउंदै आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कुवेतमा रहेका ८४ जना नेपाली संक्रमित भएका छन् । 

कुवेतले कोरोना सङ्क्रमण रोकथामका लागि मे १० देखि मे ३० सम्म पूर्ण रुपमा लकडाउन गरेको छ । बेलुका ४:३० बजेदेखि ६:३० बजेसम्म आफू बसोबास गर्ने क्षेत्रभित्र स्वास्थ्य सुरक्षा अपनाएर पैदल हिँड्न सक्ने तर गाडी चलाउन नपाइने नियम लागू गरेको छ । 

नेपालीका लागि कुवेतले अप्रिल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो । आफूसँग राहदानी नभएका २६ सयभन्दा बढीले नेपाली दूतावासबाट नै ट्राभल डकुमेन्ट बनाएका राजदुत भण्डारीले बताए तर पासपोर्ट हुनेहरू सिधै आश्रयस्थल (क्याम्प)मा जान सक्ने व्यवस्था भएकाले केहि नेपालीहरु आफ्नो पासपोर्ट बोकेर नै क्याम्पमा गएकोले थप कति छन् भनेर दुतावासले जानकारी लिने प्रयास गरिरहेको उनको भनाई छ । 

अहिलेको अवस्थामा कुवेत सरकारले आफ्नै नागरिक सरह नेपाल लगायत भारत, फिलिपिन्स, बंगलादेशका अवैधानिक रुपमा काम गर्ने श्रमिकलाई क्याम्प बनाएर राखेको छ राजदुत भण्डारीले भने ‘कुवेत मे १० बाट पूर्ण लकडाउनमा छ, बाहिर निस्कन मिल्दैन, नेपालमा पनि हवाई उडान बन्द छ तसर्थ जो जहाँ छ त्यहीं सुरक्षित भएर बस्ने हो ।’ 

कुवेत सरकारले राखेको क्याप भित्रबाट केहि श्रमिकहरुले आफ्ना गुनासा भिडियो मार्फत राखेको प्रति दुतावासको ध्यानाकर्षण भएको भन्दै उनले समस्या भए दुतावासमा राख्न आग्रह गरे । अवैधानिक रहेकाहरुलाई कुवेत सरकारले क्याम्पमा नराखेको भए अहिले उहाँहरुको अवस्था के हुन्थ्यो सोच्नुपर्छ ? राजदुत भण्डारीले भने ‘कुवेत सरकारले अबैधानिक रुपमा रहेका आप्रवासी सबै श्रमिकलाई आफ्नै खर्चमा स्वदेश पठाउने निर्णय गरिसकेको छ, नेपाल सरकारले निर्णय गरे लगत्तै क्यापमा रहेका नेपालीहरु स्वदेश फर्कन पाउनुहुन्छ तसर्थ त्यो समयसम्म धैर्यताका साथ बस्नुहोला ।’  

ठुला रोजगारदाता कम्पनीले आफ्ना श्रमिकलाई व्यवस्थित तरिकाले नै राखेको तर सानातिना कम्पनीमा काम गर्ने श्रमिकहरु बढी समस्यामा परेको गुनासा आउने गरेकोले त्यसलाई सम्बोधन गर्न दुतावासले प्रयास जारी राखेको उनले बताए । दुतावासमा श्रमिकका गुनासा आउने बित्तिकै सम्बन्धित रोजगारदाता कम्पनीसंग जानकारी माग्छौं, नेपाली श्रमिकलाई कुनै पनि हालतमा अहिलेके अवस्थामा कम्पनीबाट निकाल्न पाउनु हुन्न भनेका छौं उनले भने ‘तर कतिपय साना कम्पनी संचालकहरुसंग सम्पर्क गर्न कठिन भएकोले त्यस्ता कम्पनीमा कार्यरत नेपाली श्रमिकको विवरण लिएर उनीहरुलाई खान, बस्न समस्या भए गैरआवासीय नेपाली लगायत बिभिन्न संघ संस्थाको सहयोग लिएर सहयोग गरिरहेको उनले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण