जेठ ४, काठमाण्डौ । बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या ३३१ पुगेको छ । थप ८६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको बरहराइन स्थित नेपाली दुतावासले जनाएको छ ।
यसअघि बहराइनमा २४५ जना नेपालीमा कोरानो सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले नै उपचार गरिरहेको छ । बहराइनमा अहिलेसम्म ६ हजार ७ सय ४७ जनाको कोरोना सङ्क्रमण देखिएकोमा २७ सय ६२ जना निको भएका छन् । तर सङ्क्रमितमध्ये कति नेपाली निको भए भन्ने विवरण भने खुलाइएको छैन । बहराइनमा १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
बहराइनले सन् २०२० भरी नै अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिएको छ । ३१ डिसेम्बर २०२० सम्म कागजात विहीन विदेशी नागरिकले आफ्नो अवस्था सच्याउन वा बहराइन छाड्न सक्नेछन्। कोरोनाको शंका लागेमा बहराइनमा तोकिएका ९ वटा अस्पतालमा गएर जाँच गराउन सकिन्छ ।
कोरोना वा कुनै कारणले समस्या भएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध पनि गरेको छ ।
