२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या ३३१ पुग्यो

२०७७, ४ जेष्ठ आईतवार १५:१४

जेठ ४, काठमाण्डौ । बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या ३३१ पुगेको छ । थप ८६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको बरहराइन स्थित नेपाली दुतावासले जनाएको छ ।

यसअघि बहराइनमा २४५ जना नेपालीमा कोरानो सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले नै उपचार गरिरहेको छ । बहराइनमा अहिलेसम्म ६ हजार ७ सय ४७ जनाको कोरोना सङ्क्रमण देखिएकोमा २७ सय ६२ जना निको भएका छन् । तर सङ्क्रमितमध्ये कति नेपाली निको भए भन्ने विवरण भने खुलाइएको छैन । बहराइनमा १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

बहराइनले सन् २०२० भरी नै अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिएको छ । ३१ डिसेम्बर २०२० सम्म कागजात विहीन विदेशी नागरिकले आफ्नो अवस्था सच्याउन वा बहराइन छाड्न सक्नेछन्। कोरोनाको शंका लागेमा बहराइनमा तोकिएका ९ वटा अस्पतालमा गएर जाँच गराउन सकिन्छ ।

कोरोना वा कुनै कारणले समस्या भएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण