२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र नेपालीहरूलाई स्वदेश ल्याइने, योजना बनाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई

६ जेष्ठ २०७७, मंगलवार ०३:३७

जेठ ६, काठमाडौँ | सरकारले विदेशमा अलपत्र नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई नेपाल ल्याउन अझै ठोस योजना बनाएर निर्णय हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा कस्तो अवस्थामा रहेकालाई पहिलो प्राथमिकता दिने भन्नेबारे छलफल भएको छ । मन्त्री भट्टराईका अनुसार विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने तर कतिलाई ल्याउनु पर्ने हो त्यसको गृहकार्य बनाई त्यसै अनुसार निर्णय हुनेछ । विदेशबाट नेपाल ल्याएपछि उनीहरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै सरकारले उनीहरुलाई कसरी क्वारेन्टाइनमा राख्ने, कसरी कोरोना परीक्षण गर्ने र उनीहरूको अन्य व्यवस्थापन कसरी गर्ने भन्ने बारे योजना बनाउने भएको छ । त्यसकै आधारमा सम्बन्धित देशका प्रतिनिधिहरूसँग कुराकानी हुने मन्त्री भट्टराईले जानकारी दिएका छन् । 

विदेशबाट नेपाल ल्याउने ठोस योजना बनेपछि कूटनीतिक ढंगले पहलकदमी अगाडि बढाउने छलफल भएको छ । जसको योजना बनाउने जिम्मा परराष्ट्र मन्त्रालयले पाएको छ । वैदेशिक रोजगारी तथा अध्ययनको शिलशिलामा कयौं नेपालीहरु समस्यामा परिरहेको अवस्थामा तत्काल निर्णय आउने आशा गरिएको छ तर कहिलेसम्म उनीहरुलाई स्वदेश ल्याउने भन्नेबारे बैठकले निर्णय गर्न सकेन ।

यसअघि संसदीय समितिले कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउनका लागि योजना तयार पार्न सरकारलाई निर्देशन दिएको थियो । त्यसो त सर्वोच्च अदालतले पनि विदेशमा समस्यामा परेका नागरिकहरुलाई उद्दार गर्न वा सम्बन्धित देशमै व्यवस्थित गर्न भन्दै आदेश दिएको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार भारतसहित श्रम गन्तव्य मुलुकहरूबाट हवाइ सेवा खुला भएलगत्तै २ लाख बढी र त्यसपछि बाँकी तीन लाखभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किन चाहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य