२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएका १० जनाको कोरोनाको कारण मृत्यु, २०७ जनाको शव विदेशमै रोकियो

२०७७, ९ जेष्ठ शुक्रबार ०८:५३

मनोज पराजुली । जेठ ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरु मध्ये १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।  नेपाल सरकारले लकडाउन शुरु गरेदेखि विदेशमा मृत्यु भएका २०७ जना कामदारमध्ये १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

हालसम्म मलेसियामा ४४, कुवेतमा ११, बहराइनमा ३, सेसेल्समा १, दक्षिण कोरियामा ३, ओमानमा १ र अन्य देशमा ६ जना नेपाली कामदारको लकडाउनको अवधिमा मृत्यु भएको वोर्डले जनाएको छ । युएईमा ४६ जानको मृत्यु भएको छ जसमध्ये ५ जनाको कोरोनको कारण मृत्यु भएको छ । साउदीमा ४९ जनाको मृत्यु भएको मध्ये ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कतारमा मृत्यु भएका ४१ जना मध्ये १ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै टर्कीमा एक जना र अन्य देशमा १ जनाले कोरोनका कारण ज्यान गुमाएका वोर्डले जनाएको छ । 

शव अन्त्येष्टिको लागि ५८ परिवारको सहमति 

गत बैशाख २८ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको एकल मन्त्री स्तरीय निर्णयबाट वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएकाहरूको शव सोहि देशमा अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेपछि मृत्यु भएकाहरुको शव नेपाल ल्याउन समस्या भएपछि कामदारका परिवारलाई यस्तो सुविधा दिने निर्णय गरिएको थियो । सो पश्च्यात हालसम्म मृत्यु भएका ५८ जनाको परिवारले सहमति दिएका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

युएईको ३२, साउदीको ७, मलेसियाको २, कतारको ६, बहराइनको १. सेसेल्सको १, दक्षिण कोरियाको ३, जोर्डनको १ र अन्य देशको मृत्यु भएका ५ जनाको परिवारले सोहि देशमा शव अन्त्येष्टि गर्न सहमति दिएका वोर्डले जनाएको छ ।

१९ सय भन्दा बढीलाई कोरोना संक्रमण

खाडी सहित मलेसियामा कार्यरत १९ सय भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । ति देशहरुमा रहेका नेपाली दुतावासले दिएका जानकारी अनुसार यो समाचार तयार पार्दासम्म १९ सय ६ जना नेपाली नागरिकमा पनि कोरोना संक्रमणको  पुष्टि भएको  छ । कोरोना संक्रमितहरु मध्ये १८ सय ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । ५३ जना निको भएका छन् ।

दूतावासका अनुसार अहिलेसम्म बहराइनमा ३३१, यूएईमा १५,  साउदीमा १३ सय ६४, कुवेतमा ८४, कतारमा ५७, मलेसियामा ५५ जना गरी जम्मा १९ सय ६ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये साउदीमा ३८, मलेसियामा १३ र यूएईमा दुई गरी ५३ जना निको भएर काममा फर्किएका छन् । खाडीका देश र मलेसियामा जम्मा एकलाख ७० हजार ८३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ७२ हजार ७७८ जना निको भएका छन् भने ९७ हजार १६९ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ति देशमा कोरोनाका कारण ८ सय ९१ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म विश्वका दुई सय १३ देशका ५१ लाख ९४ हजार २१० जनामा सङ्क्रमण फैलिसकेको छ । तीन लाख ३४ हजार ६२१ जनाको ज्यान गएको छ भने २० लाख ८० हजार ९६६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण