२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडीका यी देशमा कार्यालयहरु खोल्ने तयारी, हवाई सेवा सुरु हुँदै

२०७७, १५ जेष्ठ बिहीबार ०६:२६

जेठ १५, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई), साउदी अरेविया लगाययतका मुलुकहरुले कोरोना भाईरस (कोभिड १९) को संक्रमणका त्रासलाई पन्छाउँदै दैनिकी सामान्य तर्फ फर्काउने तयारी थालेका छन् ।

साउदी अरेवियाका सरकारी अधिकारीहरुले पनि नीजि क्षेत्रले छिट्टै नियमित काम सुरु गर्न सक्ने बताएका छन् । साउदी अरेवियाको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले बुधवार नीजि क्षेत्रले चाँडै नियमित काम सुरु हुने जानकारी दिएको हो ।

मन्त्रालयले मुलुकको स्वास्थ्य निर्देशिका अनुरुपको कार्यस्थल तयार पार्न नीजि क्षेत्रका रोजगारदाताहरुलाई जानकारी गराएको छ । सुरुमा कफ्र्यू नै लगाएको साउदी अरेवियाले कार्यथलोबाट काम गर्नेगरी तीन चरणको तयारी गरेको अरव न्यूजले लेखेको छ ।

यसअघि नै साउदी अरेवियाले आन्तरिक हवाई सेवा सुरु गर्ने घोषणा गरिसकेको छ। आगामी आइतवार देखि हवाई सेवा सुरु हुनेछ । एक महिना भित्रै सामान्य दैनिकीमा फर्किने योजना सहित साउदी अरेवियाले तीन चरणको कार्ययोजना बनाइसकेको छ ।

त्यस्तै युएईले आगामी आइतवार (मे ३१) देखि सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारी उपस्थीत भएर काम गर्ने निर्णय गरेको छ । यो क्रमशः नियमित काम सुरु गर्ने युएई सरकारको योजना अनुरुप भएको जनाइएको छ । गर्भवती महिला, पुरानो स्वास्थ्य समस्या भएकाहरु, बढी उमेरका कर्मचारीहरुले भनें कार्यालय नआई काम गर्ने सुविधा पाउनेछन् । आगामी जुन १४ तारिखदेखि सरकारी कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरु कार्यालयमा उपस्थित भएर काम गर्ने युएई सरकारले निर्णय गरेको गल्फ न्यूजले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण