२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया र खाडीका देशमा ९ हजार नेपाली श्रमिक कोरोना संक्रमित, कुन देशमा कति संक्रमित ?

२०७७, १६ जेष्ठ शुक्रबार ०५:५७

जेठ १६, काठमाडौं । विश्वयापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका विदेशमा रहेका हजारौं नेपाली प्रभावित हुन पुगेका छन् । खाडी र मलेसियामा रहेका नेपाली दूतावास र गैरआवसीय नेपाली संघ (एनआरएनए) का अनुसार यी देशमा ९ हजार २ सय ५७ जना नेपाली नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये ५३ जना निको भएका छन् ।

हालसम्म २६ नेपाली श्रमिकले कोरोनका कारण ज्यान गुमाएर्का छन् जसमध्ये युएईमा १८, साउदीमा ७ जना र कतारमा १ जनाको ज्यान गएको छ । नेपाली दूतावास र गैरआवसीय नेपाली संघ एनआरएनएका अनुसार अहिलेसम्म यूएईमा ५ सय , कुवेतमा ८४, कतारमा ६ हजार ९ सय ११ जना, मलेसियामा ६७ जना, साउदीमा १३ सय ६४, बहराइनमा ३३१ गरी जम्मा ९ हजार २ सय ५७ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये साउदीमा ३८, यूएईमा दुई र मलेसियामा १३ गरी ५३ जना निको भएर काममा फर्किएका छन् । तर साउदी, यूएई र कतारमा उल्लेख्य कोरोना सङ्क्रमित निको भएको त्यहाँको सरकारको भनाइ छ । 

यस्तै यी देशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख १४ हजार ४३३ पुगेको छ । जसमध्ये एक लाख १ हजार ९ हजार १०० जना उपचारपछि निको भइसकेका छन् भने १ लाख ४ हजार २४६ जनाको अस्पतालमा उपचार भइरहेको छ । यी देशमा कोरेानाका कारण १ हजार ८७ जनाले ज्यान गुमाएका छन् ।

विश्वका दुई सय १३ देशका ५९ लाख ५ हजार ४१५ जनामा सङ्क्रमण फैलिसकेको छ । तीन लाख ६२ हजार २४ जनाको ज्यान गएको छ भने २५ लाख ७९ हजार ६७८ जना निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण