२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाले अर्को हप्ता देखि अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिक फर्काउन सुरु गर्ने

२०७७, १८ जेष्ठ आईतवार ०६:१६

जेठ १९, काठमाडौं । मलेसियाले अर्को सातादेखि कागजात विहिन(अवैध रुपमा बसिरहेका) विदेशी श्रमिक फर्काउने भएको छ । सुरुमा आगामी जुन ६ तारिखका दिन ईण्डोनेशियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाका रक्षा मन्त्री ईस्माईली साव्री याकोवलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।

त्यसरी फर्काइनेहरुलाई ईण्डोनेशियाली दूतावासले र्यापिड टेष्ट मार्फत कोभिड १९ को परीक्षण गर्ने र परीक्षणमा संक्रमण नदेखिएकाहरुलाई स्वदेश फर्काउन सुरु गरिने समाचारमा जनाइएको छ । जुन २२ सम्ममा ईण्डोनेशियाली श्रमिकलाई फर्काइसक्ने मलेसियाको योजना छ ।

यसैगरी हाल घर फिर्ति केन्द्रमा राखिएका २ सय ४६ जना नेपाली तथा २ हजार ४ सय ७६ बंगलादेशी नागरिकलाई पनि यहिबीचमा फर्काउने गरी छलफल चलिरहेको मलेसियाका सरकारी अधिकारीलाई उधृत गर्दै समाचारमा जनाइएको छ । सवै मुलुकले अविलम्व आफ्ना नागरिक फिर्ता लैजाने विषयमा सकारात्मक सहयोग गर्ने अपेक्षा गरिएको उनले बताए ।

यसरी घरफिर्ति केन्द्रमा राखिएका मध्ये हालसम्म तीनजना नेपाली लगायत ३५ जनालाई कोभिड १९ संक्रमण भएको पुष्टि भएको छ । त्यसैले मलेसियाले सकेसम्म छिटो अवैधानिक रुपमा बसिरहेका व्यक्तिहरुलाई उनीहरुको मुलुक फर्काउने प्रयास गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण